Follow us:


Follow us

१३ असोज २०८३, मङ्गलवार
१३ असोज २०८३, मङ्गलवार


लुम्बिनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एक्सन खबर
असार, १४, २०७९


लुम्बिनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १४ असार । लुम्बिनी जनरल इन्स्योरेन्सको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुधबार असार १५ गतेदेखि बुक क्लोज गर्दैछ । लुम्बिनीले असार २९ गते साधारण सभा बोलाएको छ ।सभामा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ९.५० बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यस्तै, कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्ताव पनि पेश गर्दैछ ।

सभामा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

कम्पनीको अधिकृत पुँजी १ अर्ब २५ करोड रुपैयाँबाट बढाएर ३ अर्ब कायम गर्ने एजेण्डा छन् ।













0 प्रतिकृया