Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


नाेबेलमा बिरामी जाँच्न घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य

एक्सन खबर
असार, १३, २०७९


नाेबेलमा बिरामी जाँच्न घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य

काठमाडौं । बिराटनगरकाे नाेबेल शिक्षण अस्पतालमा अबदेखि लामो तथा पट्यारलाग्दो लाइन बसेर पुर्जी काट्नु पर्ने बाध्यताको अन्त्य भएको छ । नाेबेलले ओपिडीमा आउने बिरामीहरूको सहजताका लागि टोकन प्रणाली लागू गरेसँगै बिरामीलाई सहज भएको हो ।

नाेबेलमा उपचारार्थ आउने बिरामीलाई घण्टौँ लाइनमा बसेर पुर्जी काट्नु पर्ने बाध्यताबाट मुक्त गरिएको अस्पताल प्रबन्धक नारायण दाहालले बताए । ‘सेवाग्राहीले पुर्जी काट्नकै लागि लामो समय उभिएर लाइनमा बस्नुपर्ने बाध्यता थियो । अबदेखि नाेबेलमा उपचारार्थ आउने बिरामीले लाइन नबसीकन आरामदायी कुर्सीमा बसेर आफ्नो पालो आएपछि पुर्जी काट्न सक्छन् ।’  दाहालले भने ।

नाेबेलमा उपचारार्थ आउने बिरामीले सुरुमा ओपिडी टिकट काउन्टर अगाडि जडान गरिएको टोकन मेसिनबाट टोकन नम्बर लिनुपर्दछ । त्यसपछि काउन्टरबाट सोही टोकन नम्बर अनुसार बोलाएपछि पुर्जी काट्न बिल काउन्टर अगाडि जाँदा हुन्छ ।

अस्पतालले ओपिडी टिकटमा टोकन प्रणाली लागू गरेसँगै सेवाग्राहीले प्रशंसा गरेका छन् । लामो समय लाइनमा उभिनुपर्दा मेरुदण्ड तथा खुट्टाको समस्या भएका ज्येष्ठ नागरिकलाई पुर्जी काट्न समेत असहजता हुने गर्दथ्यो । साथै, भिडभाडमा लाइन मिचिने समस्या पनि हुनेछैन । अस्पतालले आउँदा दिनमा अन्य बिलिङ काउन्टरमा पनि टोकन सिस्टम लागू गर्ने तयारी गरेको छ ।

यसअघि काठमाडाैंस्थित काठमाडाैं मेडिकल कलेजमा पनि टोकन प्रणाली लागू गरिएको थियो । त्यहाँ समेत उपचारार्थ आएका सेवाग्राहीहरूलाई उच्च प्रशंसा गरेका थिए ।

नोबेल शिक्षण अस्पतालका सञ्चालक समाजसेवी डा. सुनिल शर्माले अस्पतालकाे स्वास्थ्य सेवा सुधार्ने कामहरू भइरहेकाे बताएका छन् । उपचारार्थ अस्पतालमा आउने बिरामीले पुर्जी काट्नै घन्टाै लाइन बस्दा उनीहरूकाे स्वास्थ्यमा झनै समस्या हुने महशुष गरेर नाेबेलले पुर्जी काट्न टाेकन प्रणाली अपनाएकाे डा. शर्माकाे भनाइ रहेकाे छ ।















0 प्रतिकृया