Follow us:


Follow us

१७ असोज २०८३, शनिवार
१७ असोज २०८३, शनिवार


जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त १० वर्षपछि प्रहरीकाे फन्दामा

एक्सन खबर
असार, ५, २०७९


जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त  १० वर्षपछि प्रहरीकाे फन्दामा

वीरगञ्ज, ५ असार । जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई पर्सामा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने वीरगञ्ज महानगरपालिका-१ का ३५ वर्षीय उमाशंकर गिरी रहेका छन् ।

२०६९ जेठ २ गते राति १२ बजे मानसिक सन्तुलन ठीक नभएकी २६ बर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा मुद्दा परेको थियो । उनलाई जिल्ला अदालत पर्साले २०७० जेठ १७ गते ५ वर्ष कैद सजाय सुनाएको थियो ।

घटनापछि उनी फरार रहेको र अहिले पक्राउ गरेर अदालत बुझाइएको प्रहरीले जनाएको छ । उनलाई आज प्रहरीले बिहान ११ बजे वीरगञ्ज-१ छपकैयाबाट पक्राउ गरेको हो ।













0 प्रतिकृया