Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


प्रियंकालाई मिस नेपाल २०२२ वर्ल्डको उपाधि

एक्सन खबर
असार, ४, २०७९


प्रियंकालाई मिस नेपाल २०२२ वर्ल्डको उपाधि

काठमाडौं । मिस नेपाल २०२२ वल्र्डको उपाधी प्रियंका रानी जोशीले हात पारेकी छन् । ललितपुरको गोदावरीमा आज सम्पन्न ग्राण्ड फिनालेमा उत्कृष्ट ६ मा पर्दै प्रियंकाले मिस नेपालको ताज समेत हात पारिन् ।

द हिडन ट्रेजरले आयोजना गरेको प्रतियोगितामा उनले ‘टाटा टियागो मिस डिलाइट’को उपाधि पनि जित्न सफल भएकी छन्। उनलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइ दिइन् । प्रियंकाले अब मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

प्रतियोगितामा सरिशा श्रेष्ठले ब्रिज सिमेन्ट मिस कन्फिडेन्टको उपाधि सँगै  मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए । द काठमाण्डू पोस्ट मिस इन्टेलेक्चुअल, डाबर अमला मिस ब्युटिफुल हेयरको उपाधि रोज कँडेल र बर्जर मिस ग्ल्यामरको उपाधि सोफिया श्रेष्ठले जित्न सफल भए ।

कोभिड–१९ का कारण दुई वर्षपछि भएको प्रतियोगितामा नेपालभरबाट ८ सय प्रतियोगीले सहभागिता जनाएका थिए ।













0 प्रतिकृया