खुकुरी प्रहारबाट मन्दिप राई गम्भिर
एक्सन खबर
धरान, ३ असार । सुनसरीको धरानमा हिजाे बिहीबार साँझ ५ बजे खुकुरी प्रहार गर्दा एक युवक गम्भीर घाइते भएका छन् । करिब ४/५ जनाको समुहले धरान १८ निबासी २३ वर्षका मन्दिप राईलाई खुकुरी प्रहार गरि घाइते बनाएका हुन् ।
धरान ११ कुबिर्ता चोकमा तिमी सँग काम छ भनी बोलाई अचानक खुकुरी प्रहार गरि घाईते बनाएको पिडीतकाे भनाइ छ । मन्दीप राईको पछाडि ढाडमा ४/५ स्थानमा गहिरो काटिएको छ ।
घाइते राईका अनुसार सुरज भेडा भन्ने ब्यक्ति लगायत उनका ४/५ जनाको समुहले खुकुरी प्रहार गरेको घाइते बताएका हुन् । घाइते राईको अहिले बिपि प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भईरहेको छ भने खुकुरी प्रहार गर्ने समुहको खोजीकार्य प्रहरी बाट भईरहेको छ ।
0 प्रतिकृया