Follow us:


Follow us

६ वैशाख २०८३, आइतवार
६ वैशाख २०८३, आइतवार


दुवाकाेटकाे केएमसीमा गरियो रक्तदान

एक्सन खबर
असार, ३, २०७९


दुवाकाेटकाे केएमसीमा गरियो रक्तदान

भक्तपुर, २ असार । भक्तपुरको दुवाकोटस्थित केएमसी सामुदायिक अस्पतालमा रक्तदान कार्यक्रम गरिएको छ । अस्पताल र रेडक्रस उपशाखा दुवाकोटले विश्व रक्तदाता दिवसको अवसर पारेर संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेका हुन् ।

रक्तदानवाट ४४ पिन्ट रगत संकलन भएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार विद्यार्थी, डाक्टर, नर्श र स्थानीय सर्वसाधरणले रक्तदान गरेका छन् । संकलन भएको रगत रेडक्रसलाई नै जिम्मा लगाइएको केएमसीले जनाएको छ ।

केएमसीले सामाजिक सेवामूलक काममा जोड दिँदै आएको छ । सोही अनुरुप रक्तदान कार्यक्रम गरिएको हो । केएमसीले बिभिन्न जिल्लामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरी ग्रामिण क्षेत्रका विपन्न विरामीहरुको निःशुल्क उपचार पनि गर्दै आएको छ ।













0 प्रतिकृया