Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


पेप्सिकोलामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
असार, १, २०७९


पेप्सिकोलामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, १ असार । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित पेप्सिकोलामा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्थानीय कायरा पोलिक्लिनिक र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा एकदिने शिविर सञ्चालन गरिएको हो ।

पोलिक्लिनिकको प्राङ्गणमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले ९६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । जसमध्ये २२३ जनाको रक्त परीक्षण, १९७ जनाको भिडियो एक्सरे र १२१ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै ३६ जनाको दाँत निकालिएको छ भने जटिल समस्या भएका कारण शिविरमा उपचार सम्भव नभएका ४२ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।

केएमसीले यसअघि मंगलवार काठमाडौंको सतुङ्गलमा शिविर सञ्चालन गरेर १०२३ जनाको निःशुल्क उपचार गरेको थियो । डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेसँगै केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको छ । जसबाट हजारौं बिरामी लाभान्वित भएका छन् ।















0 प्रतिकृया