नेकमा छात्रवृत्तिमा भर्ना हुन चाहने मेरिट लिष्टका विद्यार्थीलाई अवसर
एक्सन खबर
काठमाडौं । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपाल इन्जिनियरिङ कलेज (नेक) मा छात्रबृत्तिमा भर्ना हुन चाहने मेरिट लिस्टमा भएका विद्यार्थीलाई भर्ना हुन सूचित गरिएको छ ।
चाँगुनारायण नगरपालिका भक्तपुर दुवाकोट स्थित कलेजले हिजो सूचना प्रकाशित गरी पोखरा विश्वविद्यालयको जेठ १० गते प्रकाशित सूचना अनुसार कलेजका विभिन्न शैक्षिक कार्यक्रमहरुमा भर्ना हुन चाहने मेरिट लिस्टमा रहेका विद्यार्थीहरुलाई जेठ १८ गतेभित्र निवेदन दिन भनेको छ ।
विद्यार्थीले आवेदन admission@nec.edu.np मा इमेल पठाउनु पर्नेछ । भने, भर्ना गर्न लाग्ने शुल्क बैक खातामा भुक्तानी गर्नुपर्नेछ । बैकमा भुक्तानी गर्न संभव नभएमा इसेवा मार्फत अनलाइन भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको कलेज प्रशासनले जनाएको छ ।
विस्तृत जानकारी निम्न https://entrance.nec.edu.np">लिंकमा गएर लिन सकिनेछ । २६ वर्षदेखि सञ्चालित नेपाल इन्जिनियरिङ कलेज इन्जिनियरिङ शिक्षामा नेपालकै अग्रणी शैक्षिक धराेहर बनाएकाे कलेज हाे ।
0 प्रतिकृया