Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


नेकको आइसोलेसन सेन्टरमा आयो दुइ थान ठूला अक्सिजन

एक्सन खबर


नेकको आइसोलेसन सेन्टरमा आयो दुइ थान ठूला अक्सिजन

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेजमा रहेको कोभिड–१९ आइसोलेसन सेन्टरका लागि एक स्थानीय व्यवसायीले दुई थान ठूलो अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन् ।

कोरोना संक्रमणको बढ्दो जोखिम न्यूनिकरण गर्न तथा आइसोलेसनमा रहेका संक्रमितको स्वास्थ्य सुरक्षा प्रति ध्यान दिँदै चागुनारायण नगरपालिका ३ बस्ने अमृतराज न्यौपानेले दुई थान ठूलो अक्सिजन सिलिण्डर उपलब्ध गराएका हुन् ।

न्यौपानेले आफ्नो एए उद्योग हेण्डिक्राफ्ट उद्योगमा प्रयोग भइरहेका दुई थान सिलिण्डर नेकको आइसोलेसनमा उपलब्ध गराएको आइसोलेसन सेन्टरको व्यवस्थापनमा खटिएका नेकका बरिष्ठ कर्मचारी मनोहर खनालले बताए ।

चाँगुनारायण नगरपालिका र नेकले संयुक्त रुपमा एक सय वेडको आइसोलेसन सञ्चालनमा ल्याएका छन् । आजसम्म उक्त आइसोलेसनमा सात जना कोरोना संक्रमित आएका छन् । उनीहरुको स्वास्थ्यवस्था सामान्य रहेको खनालले बताए ।

नेकले सामाजिक उत्तरदायित्व अन्तरगत कोभिड संक्रमणको जोखिम कम गर्न स्थानीय निकाय चाँगुनारायण नगरपालिकासँग सहकार्य गरेर आफ्नै सभाहलमा एक सय वेडको आइसोलेसन बनाएको हो ।













0 प्रतिकृया