Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


कोरोना महामारीसँग लड्न चाँगुनारायण नगरपालिकालाई फाउण्डेशनको सहयोग

एक्सन खबर


कोरोना महामारीसँग लड्न चाँगुनारायण नगरपालिकालाई फाउण्डेशनको सहयोग

भक्तपुर । चाँगुनारायण नगरपालिकालाई अक्सिजन प्लान्ट स्थापना गर्नका लागि सात लाख पचास हजारको अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको छ । चाँगुनारायण फाउण्डेशनले नगरपालिकालाई कोभिड–१९ को महामारीसँग लड्न अक्सिजन सहज बनाउने हेतूले उक्त अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।

फाउण्डेशनका अध्यक्ष मनीराज केसीले नगरप्रमुख सोमप्रसाद मिश्रलाई उक्त सहयोग हस्तान्तरण गरेका छन् । नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने योजना छ । त्यसका लागि नगरपालिकाले विभिन्न दाताहरुलाई सहयोगको आब्हान गरेको छ ।

अर्थमन्त्रालयले चाँगुनारायण नगरपालिकाको नगर अस्पतालमा ५ सैयाको एचडियू वेड, अक्सिजन ट्याङक खरिद तथा जडान, कम्प्युटेड रेडियोग्राफि एक्सरे र इकोकाार्डिग्राफर खरिदका लागि १ करोड ८८ लाख विनियोजन गरेको छ ।

अस्पतालमा करिब १ करोड ५७ लाख बराबरको अक्सिजन प्लान्ट जडान गर्ने योजनामा रहेको छ । यसअघि नै त्यसका लागि फाउन्डेसनले ६० प्रतिशत र नगरपालिकाले ४० प्रतिशत रकम ब्यहोर्ने समझदारी भएको छ ।













0 प्रतिकृया