Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


नेकको आइसोलेसनमा रहेकी स्वास्थ्यकर्मी कोरोनालाई जितेर घर फर्किइन्

एक्सन खबर


नेकको आइसोलेसनमा रहेकी स्वास्थ्यकर्मी कोरोनालाई जितेर घर फर्किइन्

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेजको कोभिड–१९ आइसोलेसन सेन्टरमा रहेकी स्वास्थ्यकर्मी कोरोना संक्रमण मुक्त भएर घर फर्किएकी छन् । आज विहान उनी नेकको आइसोलेसनबाट घर फर्किएकी हुन् ।

कोरोना पोजेटिभ भएर आइसोलेसन आएकी चाँगुनारायण नगरपालिका वडा नं. ३ की स्वास्थ्यकर्मीले आइसोलेसनमा रहँदा अन्य संक्रमितको स्वास्थ्य हेरचाह पनि गरेकी थिइन् । आइसोलेसनको रेखदेख गर्दै आइरहेका नेकका बरिष्ठ कर्मचारी मनोहर खनालका अनुसार ती स्वास्थ्यकर्मीले आइसोलेसनमा रहँदा अन्य संक्रमितको ज्वरो, अक्सिजन लेवल हेर्ने तथा विभिन्न स्वास्थ्य सल्लाह दिने गरेकी थिइन् ।

उनी आइसोलेसनबाट ११ औं दिनमा कोरोनालाई जितेर घर गएकी हुन् । २ दिन अघि मात्रै त्यहाँ रहेका आमा छाेरा र एक दम्पत्तिले काेराेनालाई जितेर गएका थिए ।  अब उक्त आइसोलेसनमा २ जना मात्र संक्रमित रहेका छन् ।

आज विहान ती स्वास्थ्यकर्मीलाई पुष्पगुच्छा सहित विदाई गरिएको थियो । चाँगुनारायण नगरपालिकासँगको समन्वयमा नेकमा एक सड वेडको कोभिड–१९ आइसोलेसन सेन्टर निर्माण गरिएको छ ।













0 प्रतिकृया