Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


नेकमा ढल व्यवस्थापन र सरसफाई सम्बन्धी अन्तराष्ट्रिय तालिम

एक्सन खबर


नेकमा ढल व्यवस्थापन र सरसफाई सम्बन्धी अन्तराष्ट्रिय तालिम

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजले ढल तथा सरसफाई क्षेत्रमा काम गरिरहेका पेशागतकर्मीहरुलाई व्यवस्थित ढल व्यवस्थापन र सरसफाई सम्बन्धी तालिम प्रदान गरेको छ ।

सरसफाई क्षेत्रमा पेशागत रुपमा काम गरिरहेका प्राविधिकहरूलाई तालिम दिइएर अन्तराष्ट्रिय स्तरको प्रमाणपत्र समेत प्रदान गरिएको छ । कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ र काठमाडौं विश्वविद्यालय विद्यार्थी कल्याण शाखाका निर्देशक प्रा.डा. बिम श्रेष्ठले तालिममा सहभागीहरुलाई संयुक्त रुपमा प्रमाणपत्र प्रदान गरे ।

अमेरिकाको वील एण्ड मलिण्डा गेट्स फाउण्डेशनको कोषबाट अन्तर्राष्ट्रिय जीएसजीएस परियोजनाअन्तर्गत विश्वका ५० वटा विश्वविद्यालयहरूमा सञ्चालित सरसफाईमा मानव संसाधन विकास कार्यक्रमहरू मध्ये काठमाडौं विश्वविद्यालय धुलिखेलका प्रा.डा. श्रेष्ठको नेतृत्वमा नेपालका तीनवटा विश्वविद्यालयहरूमा सरसफाईमा स्नातकोत्तर कार्यक्रम र पेशागत तालिमहरू सञ्चालन गर्ने कार्यक्रम छ ।

नेपालमा यो तालिम नेदरल्याण्ड अन्तरगत आएको हो ।

परियोजनामा पोखरा विश्वविद्यालय अन्तर्गतको नेपाल इन्जिनियरिङ कलेज, काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय अन्तरगतको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा कार्यक्रम सञ्चालन हुँदैछन् ।

नेपालमा दिइने तालिमको पाठ्यक्रम सरसफाई र ढल व्यवस्थापनमा काम गर्ने विज्ञहरुलाई राखेर तयार पारिएको थियो । ४ महिनासम्म चलेको तालिममा सहभागी हुनेहरूको संख्यामा महिलाको संख्या अत्याधिक रहेको छ ।

परियोजना अनुसार तालिममा कम्तिमा ५० प्रतिशत महिला अनिवार्य सहभागीता हुनुपर्नेमा नेकमा दिइएको तालिममा १५ जना मध्ये १३ जना त महिला मात्रै थिए । ‘हामी कहाँ भएको तालिममा महिलाको संख्या उल्लेख्य रह्यो । यो तालिमले ढल तथा फोहरमैला व्यवस्थापनमा काम गर्ने जनशक्तिको दक्षता अभिबृद्धिमा टेवा पुग्नेछ ।’ कलेजका उपप्राध्यापक विनय शाक्यले बताए ।

उनले तालिम लिएकाहरुले ढल भएका क्षेत्र र ढल व्यवस्थापन नै नभएका ग्रामिण क्षेत्रमा पनि ढल व्यवस्थापन र सरसफाईका क्षेत्रमा टेवा दिन सक्ने जनाए ।

महिलालाई पूर्ण छात्रबृत्ति दिइएर सञ्चालित तालिममा सहभागी दुई पुरुषसँग भने ४०/४० हजार शुल्क लिइएको थियो । तालिममा सरकारी निकायका ४ जना कर्मचारीको पनि सहभागीता रहेको थियो ।

नेकले सञ्चालन गर्ने तीन चरणको तालिममध्ये यो पहिलो चरणको तालिम हो । तालिममा सहभागीले आफ्नो पेशागत जीवन व्यवस्थित सरसफाइमा प्रयोग गर्ने बताएका छन् । कलेजका प्राचार्य डा. श्रेष्ठले अन्तर्राष्ट्रिय परियोजना अन्तर्गत तयार पारिएको पाठ्यक्रम र विभिन्न देशमा सञ्चालित तालिम भएकोले तालिममा सहभागीले प्राप्त गरेको प्रमाणपत्रको अन्तर्राष्ट्रिय मान्यता रहेको बताए ।













0 प्रतिकृया