Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


नेकका विद्यार्थीले लगाए कोभिड– १९ विरुद्धको खोप

एक्सन खबर


नेकका विद्यार्थीले लगाए कोभिड– १९ विरुद्धको खोप

भक्तपुर । चाँगुनारायण नगरपालिका स्थित नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीलाई कोभिड–१ विरुद्धको दोश्रो डोज खोप लगाइएको छ । कलेजले चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालसँग समन्वय गरेर यसअघि पहिलो खोप लगाएका विद्यार्थीलाई आइतबार दोश्रो डोजको खोप लगाएको हो ।

नगर अस्पतालका स्वास्थ्यकर्मीहरुले कलेजमा विभिन्न तहमा अध्ययनरत ८६ विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोप लगाइदिएका छन् । ८६ विद्यार्थी मध्ये ३६ जना विद्यार्थीले कोभिड विरुद्धको पहिलो खोप लगाएको कलेजले बताएको छ । बाँकी ५० जनाले दोश्रो डोजको खोप लगाएका हुन् ।

यसअघि कलेजमा फिजिकल कक्षा लिइरहेका ७५ जना विद्यार्थीलाई कलेजले कोरोना खोपको पहिलो डोज लगाउन सहजीकरण गरेको थियो ।

विद्यार्थी कल्याण तथा अतिरिक्त क्रियाकलाप विभागका प्रमुख असिस्टेन्ट प्रोफेसर सचिन श्रेष्ठले भौतिक रुपमै कलेज सञ्चालन भएपछि विद्यार्थीको भिडभाड हुने भएकाले सावधानी अपनाउन विद्यार्थीहरुलाई विभिन्न स्वास्थ्य संस्थासँग समन्वय गरेर खोप लगाइएको बताए ।

नेकले कोरोना संक्रमण रोकथाम तथा न्यूनिकरणमा सामाजिक उत्तरदायित्व अन्तर्गत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । कोरोनाको पहिलो लहरमा टेकू अस्पताललाई रोवर्ट बनाएर दिएको कलेजले दोश्रो लहरमा कलेजमै एक सय वेडको आइसोलेसन सेन्टर सञ्चालन गरेको थियो ।













0 प्रतिकृया