Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


नेकबाट इन्जिनियरिङ गरेका २१४ जना विद्यार्थीकाे विदाइ

एक्सन खबर


नेकबाट इन्जिनियरिङ गरेका २१४ जना विद्यार्थीकाे विदाइ

काठमाडाैं । इन्जिनियरिङ शिक्षाका लागि अग्रणी शैक्षिक संस्थाका रूपमा परिचित नेपाल इन्जिनियरिङ कलेज (नेक) ले बिई तहको पढाई पूरा गरेका दुई सय १४ जना इन्जिनियर विद्यार्थीलाई विदाई गरेको छ ।

तिनकुने स्थित सिद्धार्थ पार्टी प्यालेसमा एक कार्यक्रम गरी नेकले बिई कम्प्युटर इन्जिनियरिङका ९५ जना, आर्किटेक्चरका ४५ जना, बिई इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङका ४७ जना र बिई इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङका २७ जना गरी दुई सय १४ जना इन्जिनियर विद्यार्थीहरूलाई विदाई गरेको हो ।

कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठलगायतले ती विद्यार्थीहरुलाई टिका, खादा तथा प्रमाणपत्रले सम्मान गरी विदाई गरेका छन् । साे अवसरमा बाेल्दै प्रिन्सिपल डा. श्रेष्ठले कलेजबाट हासिल गरेकाे शिक्षालाई व्यवहारिक रूपमा उतार्नु पर्ने बताए । विद्यार्थीले हासिल गरेकाे ज्ञानलाई जिवनाेपयाेगी बनाए सफलता प्राप्त गर्न सकिने उल्लेख गर्दै डा. श्रेष्ठले विद्यार्थीले राम्राे गरे कलेज पनि सफल हुने जनाए ।

कार्यक्रममा कम्प्युटर इन्जिनियरिङ तर्फका तथा कलेजकै सर्वोत्त्कृष्ट विद्यार्थीको रुपमा दीपेन्द्र खड्कालाई स्वर्णपदक तथा नगदसहित विशेष सम्मान गरिएको थियो । आर्किटेक्चरतर्फका सर्वोत्त्कृष्ट विद्यार्थी प्रोग्राम टपर युश्ना मलेखू, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङतर्फका सर्वोत्त्कृष्ट विद्यार्थी प्रोग्राम टपर गणेश ढुंगानालाई पनि नगदसहित प्रमाणपत्र र मायाको चिनो प्रदान सहित सम्मान गरिएको थियो ।

कलेजका सहायक प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले नेकबाट हरेक वर्ष सयौं विद्यार्थी इन्जिनियरिङ शिक्षा उतीर्ण गरी दक्ष जनशक्ति बन्ने जनाए । साथै भण्डारीले कलेजमा हासिल गरेकाे शिक्षालाइ जिवनमा प्रयाेग गर्न हाैसला दिए ।

सन् १९९४ मा सामाजिक शैक्षिक संस्थाका रूपमा स्थापना भएकाे नेकले इन्जिनियरिङ विधाका विभिन्न विषयहरू अध्ययन अध्यापन हुने गर्दछ ।














0 प्रतिकृया