Follow us:


Follow us

६ वैशाख २०८३, आइतवार
६ वैशाख २०८३, आइतवार


चेक रिपब्लिकविरुद्ध स्पेनको सहज जित

एक्सन खबर


चेक रिपब्लिकविरुद्ध स्पेनको सहज जित

काठमाडौं, ३० जेठ । यूइएफए नेसन्स लिग अन्तर्गत आइतबार राति भएको खेलमा स्पेनले चेक रिपब्लिकविरुद्ध २–० को सहज जित निकालेको छ ।

समूह ए२ को खेलमा अधिकांश समय बलमा पकड बनाएको स्पेन जितसँगै शीर्षस्थानमा उक्लिएको हो । स्पेनको जितमा कार्लाेस सोलर र पाब्लो सरवियाले एक-एक गोल गरे । कार्लाेसले २४औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाए ।

७५औं मिनेटमा सरवियाले गोल गर्दा स्पेनले सहज जित पायो । जितसँगै समूहमा चार खेलसँगै ८ अंक बनाएको स्पेन शीर्षस्थानमा छ । लगातार खराव प्रदर्शनबाट गुज्रिएको चेक रिपब्लिकले चार खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा छ ।

 हालान्डको दुई गोलमा नर्वेको रोमान्चक जित

यस्तै, नर्वेले स्विडेनलाई ३–२ अन्तरले पराजित गरेको छ । रोमान्चक बनेको खेलमा नर्वेलाई जिताउन युवा स्टार खेलाडी अर्लिङ हालान्डले दुई गोल गरे । यस्तै, एलेक्सजेण्डर सोर्लोथले एक गोल गरे ।   

स्विडेनका लागि इमिल फोर्सवर्ग र भिक्टोरले सान्त्वना गोल गरे । जितसँगै नर्वेले ४ खेलबाट १० अंक जोड्दै समूह बी४ मा शीर्षस्थानमा छ ।स्विडेन ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

 













0 प्रतिकृया