नेक अन्तर्गतकाे कार्डमा नयाँ कमिटी गठन
एक्सन खबर
भक्तपुर । सामाजिक शैक्षिक संस्थाका रूपमा स्थापित नेपाल इन्जिनियरिङ कलेज (नेक) अन्तरगतको अनुसन्धान मूलक संस्था सेन्टर फर अप्लाइड रिसर्च एण्ड रुलर डेभलपमेन्ट (कार्ड)मा समि सुवेदीको अध्यक्षतामा नयाँ कमिटी गठन भएकाे छ ।
नव गठित कमिटीको उपाध्यक्षमा कृपा थापा, सचिवमा सिमरन बोहोरा तथा सह सचिवमा सुदेश पराजुली चयन भएका छन् । यसैगरी, कोषाध्यक्षमा राजु कार्की छन् भने सल्लाहकारमा कृष्ण बिक्रम शाह र टानिया लामिछाने चयन भएका छन् । कार्डकाे प्रमुख प्राविधिकमा परिजन सुवेदी र सुवास खनाल तथा प्रोजेक्ट निरीक्षकमा राम किशोर यादव चयन भएका छन् ।
कार्यभार हस्तान्तरण समारोहमा निवर्तमान अध्यक्ष सोनिया अधिकारीले कार्डको नेतृत्व गर्दा सबैसँग कसरी समन्वय गर्ने ? आइपरेका चुनौतिको सामना कसरी गर्ने ? लगायत विविध विषयमा शिक्षा मिलेको बताइन् ।
कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठ तथा विद्यार्थी कल्याण तथा अतिरिक्त क्रियाकलाप शाखाका प्रमुख एसोसिएट प्रोफेसर सचिन श्रेष्ठको समेत उपस्थितिमा सम्पन्न कार्यक्रममा कर्मालय ९ का विजेताले बनाएको प्याड भेन्टिङ मेसिन चाँडैनै कलेजलाई हस्तान्तरण गरिने जानकारी गराइएको थियो ।
प्याड भेन्टिङ मेसिन निर्माणार्थ सिटिआरसी क्लबको महत्वपूर्ण योगदान रहेकाे बताइएकाे छ । यसैगरी टिआरआरइ-ष क्लबले मेसिनका लागि आवश्यक प्याड समेत सहयोग गरेका थिए । कार्यक्रममा सिटिआरसी क्लबका अध्यक्ष रमेश साउद तथा टिआरआरइ-ष क्लबका प्रतिनिधि सुवास खनाल लगायतको उपस्थिति थियो ।
उक्त अवसरमा क्याम्पस प्रमुख श्रेष्ठले कार्डद्वारा आयोजना गरिएको जिज्ञासु ४ र कर्मालय ९ र फोटोग्राफी प्रतियोगिताका बिजेताहरूलाई प्रमाणपत्र तथा कार्डको निवर्तमान पदाधिकारीहरू सोनिया अधिकारी, सुरक्षा कुँइकेल, साक्षी शाह, उमङ्गध्वज कार्की, साजन हमाल, सुजाता रेग्मी, बिजयन पुडासैनी तथा संयोग उपाध्यायलाई मायाको चिनो वितरण गरेका थिए ।
0 प्रतिकृया