नेकमा दक्षिण एसियाका प्रमुख बैज्ञानिककाे सहभागितामा रिसर्च तालिम हुँदै
एक्सन खबर
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) ले ‘अनुसन्धान र व्यावसायिक नैतिकता, शैक्षिक लेखन उपकरण, र अनुसन्धान सफ्टवेयर’ विषयक रिसर्च तालिम कार्यक्रम सञ्चालन गर्दैछ । नेकको कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ डिपार्टमेन्टको आयोजनामा जुन १२ देखि १५ सम्म हुन गइरहेको कार्यक्रममा नेकका रिसर्च पर्सनसहित भारत तथा युएईका रिसर्च पर्सनहरुको सहभागिता रहनेछ ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा हुन गइरहेको चार दिने हाइब्रिड तालिममा विषयविज्ञहरुले शिर्षक अनुसार सैद्धान्तिक, ब्यवहारिक र प्राविधिक ज्ञानहरु दिने बताइएको छ । कार्यक्रममा सहभागी हुन चाहनेहरुले जुम आइडीमार्फत सहभागिता जनाउन सक्नेछन् ।
कार्यक्रममा सबैभन्दा धेरै पेटेन्ट रेकर्डधारी, भारत तथा दक्षिण एसियाका प्रमुख बैज्ञानिक प्रोफेसर रमेश चन्द्र, रिसर्च एशोसिएन भारतका डा. आकाश कुमार भोई, यूएई युनिभर्सिटीका डा. शशिधर बेल्वासे, त्रिभुवन विश्वविद्यालयका डा. मुकुन्द प्रकाश क्षेत्री, डा. वेदराज आचार्य, डा. विष्णु खनाल, रामकृष्ण पन्थीको सहभागीता रहनेछ ।
यसैगरी, आयोजक नेकका तर्फबाट प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठ, डा. नारायण प्रसाद कोजू, सावित्री त्रिपाठी, डा. राकेश दुमरू, पिताम्बर वाग्ले, अनिषकुमार झा तथा कृष्णविक्रम शाहले सहभागीता जनाउने छन् ।
गैरनाफामुलक सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापित नेकले शिक्षक तथा विद्यार्थीको ज्ञान, सिप र क्षमतालाई अभिबृद्धि गर्न समय समयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विषयविज्ञहरुलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागी गराएर विभिन्न तालिम, गोष्टी तथा सेमिनारहरु गर्ने गरेको छ ।
0 प्रतिकृया