Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


सूर्यविनायकमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट १०१३ जना लाभान्वित

एक्सन खबर
जेठ, २८, २०७९


सूर्यविनायकमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट १०१३ जना लाभान्वित

भक्तपुर, २७ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित किवा चौकमा शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएकोमा १०१३ जना लाभान्वित भएका छन् । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र स्थानीय ज्योती सेकेण्डरी स्कूलको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।

स्कूलको प्राङ्गणमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले स्कूलका विद्यार्थी, उनीहरुका अभिभावक, शिक्षक र स्थानीयसहित १०१३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । जसमध्ये २२३ जनाको रक्त परीक्षण, १७२ जनाको भिडियो एक्सरे र १२२ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार दाँतमा समस्या भएका २८ जनाको दाँत खोलिएको छ । त्यस्तै जटिल समस्या भएका कारण शिविरमा उपचार सम्भव नभएका ४२ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।

केएमसीले यसअघि बिहीवार स्वास्थ्य शिविर सञ्चालन गरेर ललितपुरको ठेचोका ९८२ जना बिरामीको निःशुल्क उपचार गरेको थियो । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सबैको पहुँच पुगोस् भन्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिइएको केएमसीका अध्यक्ष डा.सुनिल शर्माकाे भनाइ छ ।

















0 प्रतिकृया