Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


पोर्चुगलको दोस्रो जित, रोनाल्डो गोलविहीन

एक्सन खबर
जेठ, २७, २०७९


पोर्चुगलको दोस्रो जित, रोनाल्डो गोलविहीन

काठमाडौं, २७ जेठ । चेक रिपब्लिकलाई २–० अन्तरले पराजित गर्दा पोर्चुगलले यूईएफए नेसन्स लिग समूह ए २ मा दोस्रो जित निकालेको छ ।

शुक्रबार राति लिस्बोनमा घरेलु टोली पोर्चुगलको जितमा जाआओ कन्सेलो र गोन्कालो गुइडेसले समान एक-एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो भने गोलविहिन रहे । बाकी समय दुबै टोलीले गोलको मौका पाएपनि सदुपयोग गर्न सकेनन् । जितसँगै पोर्चुगल तीन खेलबाट ७ अंक बनाउँदै शीर्षस्थानमा रहेको छ । पराजित चेक तीन खेलबाट ४ अंक सहित तेस्रो स्थानमा छ ।

आज नै भएको खेलमा स्विजरल्यान्डलाई १–० ले पराजित गरेका स्पेन दोस्रो स्थानमा छ ।













0 प्रतिकृया