Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


विद्यार्थीहरुले सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्न अन्सारीको जोड

एक्सन खबर
जेठ, २६, २०७९


विद्यार्थीहरुले सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्न अन्सारीको जोड

काठमाडौं । नेपाल मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर बसरुद्धिन अन्सारीले मेडिकल शिक्षामा विद्यार्थीले हासिल गरेको सीप र ज्ञानलाई सामाजिक सुधारका कार्यहरुमा लगाए थप ज्ञान प्राप्त हुने बताएका छन् ।

कलेजका विद्यार्थीहरुको संस्था ‘स्वास्थ्य तर्फ हाम्रो प्रयास’ (Our Attempt Towards Health) द्वारा आयोजित कार्यक्रममा बोल्दै म्यानेजिङ डाइरेक्टर अन्सारीले मेडिकल शिक्षामा प्राप्त गरेको ज्ञानलाई प्रयोगात्मक विधीमा ढाल्नका लागि पनि स्वास्थ्य सचेतनाका कार्यहरु अपरिहार्य रहेको बताए । विद्यार्थीले सिकेको ज्ञानलाई व्यवहारमा लागू गरेमात्र विज्ञता हासिल हुने अन्सारीले चर्चा गरे ।

नेपालको स्वास्थ्य क्षेत्रको चर्चा गर्दै अन्सारीले आर्थिक अभावकै कारण स्वास्थ्योपचारबाट बञ्चित तथा अस्पताल आएरपनि आर्थिक अभाव भएर उपचार पाउन नसकेका विपन्न नागरिकको बाँच्न पाउने अधिकारको रक्षार्थ सबैले सहकार्य गर्नुपर्ने जनाए । ‘स्वास्थ्य तर्फ हाम्रो प्रयास’ नामक विद्यार्थीहरुको अभियानले विपन्न तथा कमजोर आर्थिक अवस्था भएका नागरिकको स्वास्थ्योपचारमा सहयोग पुगेकोमा प्रशंसा व्यक्त गर्दै विद्यार्थीहरुको रचनात्मक कार्यक्रममा कलेजले हातेमालो गरेर जाने बताए ।

कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्री, भाइस प्रिन्सिपल डा. सृष्टि श्रेष्ठ लगायत, चिकित्सक, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

‘स्वास्थ्य तर्फ हाम्रो प्रयास’ नेपाल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुको संस्था हो । यसले अस्पतालमा आउने गरिब तथा विपन्न नागरिकलाई स्वास्थ्यउपचारमा आवश्यक सहयोग गर्ने, स्वास्थ्य सचेतना फैलाउने लगायत सामाजिक काम गर्ने कलेजका अस्पताल इन्चार्ज दिलिप साहले बताए  ।  














0 प्रतिकृया