Follow us:


Follow us

१६ असोज २०८३, शुक्रवार
१६ असोज २०८३, शुक्रवार


वीपी प्रतिष्ठानका निलम्बित उपकुलपति डा. राैनियारलाई भ्रष्टाचारकाे मुद्दामा सफाइ

एक्सन खबर
जेठ, २६, २०७९


वीपी प्रतिष्ठानका निलम्बित उपकुलपति डा. राैनियारलाई भ्रष्टाचारकाे मुद्दामा सफाइ

काठमाडाैं । वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निलम्वित उपकुलपति प्रा.डा. राजकुमार राैनियारले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले घुस रिसवत लिएकाे आराेपमा  डा. रौनियार र उनका भतिजा डा. रामहरि रौनियारलाई रंगेहात पक्राउ गरेकाे दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेकाे थियाे ।

विशेष अदालतले उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गर्दै दिएको निवेदनमा प्रमाण नपुगेको भन्दै सफाइ दिएको हो। अख्तियारले राैनियारद्वयलाई १ करोड २८ लाख घुस–रिसवत लिएको आरोप लगाउँदै विशेषमा मुद्दा दायर गरेकाे थियाे ।

वीपी प्रतिष्ठान धरानको होष्टेल तथा फार्मेसी भवन निर्माणको ठेक्कामा घुस ठेक्का पाएको श्याम सुन्दर निर्माण सेवा प्रा.लि.को सब कन्ट्रयाक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रा.लि.का प्रबन्ध निर्देशक सुशीलकुमार झासँग भवन निर्माणको मोबिलाइजेसन रकमको भुक्तानी दिँदा उनले घुस लिएको अख्तियारको आरोप थियो। तर, डा. राैनियारले अस्विकार गर्दै आएका थिए ।

यसैगरी, डा. राैनियारले विभिन्न मितिमा रनिङ बिलको भुक्तानी दिँदा  पटकपटक कमिसन बापत घुस–रिसवत लिएको अडियो–भिडियो सहितको उजुरी अख्तियारमा परेको र साेहि आधारमा डा. राजकुमार रौनियारलाई घुससहित पक्राउ परेको अख्तियारले दाबी गरेको थियो ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वकाे सरकारका स्वास्थ्यमन्त्री गगन थापाकाे संयाेजकत्वमा गठित छनाैट समितिले २०७३ फागुन २० मा राैनियारलाई प्रतिष्ठानकाे उपकुलपतिमा सिफारिस गरेपछि दाहालले नियुक्त गरेका थिए ।













0 प्रतिकृया