Follow us:


Follow us

१२ असोज २०८३, सोमवार
१२ असोज २०८३, सोमवार


अमेरिकी तल्लो सदनबाट बन्दुक नियन्त्रण विधेयक पारित

एजेन्सी
जेठ, २६, २०७९


अमेरिकी तल्लो सदनबाट बन्दुक नियन्त्रण विधेयक पारित

न्युयोर्क, २६ जेठ । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बुधवार फराकिलो दायराको बन्दुक नियन्त्रण विधेयक पारित गरेको छ । टेक्सास र न्यूयोर्कमा हालै भएका गोलीबारीपछि पेस गरिएको यो विधेयकले अर्ध–स्वचालित राइफल खरिदका लागि न्यूनतम उमेर सीमा बढाउन खोजेको छ ।

यसले १५ राउन्डभन्दा बढी क्षमता भएका गोला बारुद बिक्री निषेधका लागि अनुमति दिएको छ । विद्येयकको पक्षमा २२३ जनाले मतदान गरेका थिए । अब कानुन बन्न माथिल्लो सदन सिनेटबाट पारित हुनुपर्छ । तर, माथिल्लो सदनबाट पारित हुने सम्भावना कम रहेको बताइन्छ ।

यद्यपि, तल्लाे सदनमा विधेयक पारित भएपछि डेमोक्र्याटिक पार्टीका सांसदहरूलाई मतदातालाई सकारात्मक सन्देश पठाउने मौका मिल्नेछ । यसै वर्षको नोभेम्बरमा मध्यावधि निर्वाचन हुँदैछ ।













0 प्रतिकृया