Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


इरानमा १२ जना कैदीहरूलाई सामूहिक मृत्युदण्ड

एजेन्सी
जेठ, २५, २०७९


इरानमा १२ जना कैदीहरूलाई सामूहिक मृत्युदण्ड

पेरिस, २५ जेठ । इस्लामिक गणतन्त्र इरानको दक्षिणपूर्वको जेलमा १२ जना कैदीहरूलाई सामूहिक मृत्युदण्ड दिइएकाे एक गैरसरकारी संस्थाले जनाएको छ ।

मृत्युदण्डको बढ्दो संख्याबारे चिन्ता बढिरहेका बेला लागुऔषध वा हत्याको आरोपमा दोषी ठहर भएका ११ पुरुष र एक महिलालाई सोमबार बिहान अफगानिस्तान र पाकिस्तानसँगको सिमाना नजिक रहेको सिस्तान–बलुचेस्तान प्रान्तको जाहेदानको मुख्य जेलमा फाँसी दिइएको नर्वेस्थित इरान मानव अधिकारले (आईएचआर) ले जनाएको छ ।

सामूहिक मृत्युदण्ड दिइएका १२ जनामध्ये ६ जनालाई लागुऔषध र बाँकी ६ जनालाई हत्याको अभियोग लगाइएकाे थियो । तर, कुनैपनि मृत्युदण्डको इरानी सञ्चार माध्यमहरूले उल्लेख गरेका छैनन् नत सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् ।

मृत्युदण्ड पाउनुअघि गार्जिज नामले चिनिने महिलामाथि श्रीमानको हत्या गरेको अभियोग लागेको थियो । उनी सन् २०१९ मा पक्राउ परेकी थिइन् ।
 













0 प्रतिकृया