Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


गोठाटारमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ९२१ जना लाभान्वित

एक्सन खबर
जेठ, २३, २०७९


गोठाटारमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ९२१ जना लाभान्वित

काठमाडौं, २२ जेठ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित गोठाटारमा आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र रोटरी क्लब वानेश्वरको सहकार्यमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

स्थानीय आनन्द भैरव माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा ९२१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये २३३ जनाको रक्त परीक्षण, १९६ जनाको भिडियो एक्सरे र १०७ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

दाँतमा समस्या भएर शिविरमा आएका २७ जनाको दाँत फुकालिएको छ भने शिविरमा उपचार सम्भव नभएका ३२ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।

यसअघि केएमसीले विहीवार र शुक्रवार नुवाकोटको विदुर नगरपालिकामा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेसँगै केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको छ । जसबाट हजारौं बिरामी लाभान्वित भएका छन् ।















0 प्रतिकृया