धरानमा डेढ कराेडकाे लगानीमा खुल्याे क्लाउड नाइन लाउञ्ज एण्ड बार
एक्सन खबर
पछिल्लाे समय धरानमा रात्रीकालिन व्यवसायहरू धमाधम खुल्ने क्रममा रहेका छन् । यस्तैमा शनिबारबाट धरान–९ पुतलीलाइनमा ठूलाे लगानीमा लाउञ्ज बार सञ्चालनमा आएकाे छ । क्लाउड नाइन लाउञ्ज एण्ड बार आजबाट औपचारिक रुपमा सुरू गरिएकाे हाे ।
धरानको आन्तिरिक तथा बाह्य पर्यटकलाई ध्यानमा राखी करिब डेढ कराेडको लगानीमा क्लाउड नाइन लाउञ्ज एण्ड बार सञ्चालनमा ल्याइएकाे हाे । लाउञ्ज बारका सञ्चालकहरुमा उत्तम कार्की, मान बहादुर मगर, रमेश श्रेष्ठ, सुरज राई, देवेन्द्र बहादुर पाण्डे तथा तिलक पाण्डे रहेका छन् । उनीहरूले धरानसँगै इटहरी, तरहरा र विराटनगरका ग्राहकलाइ लक्षित गरेका छन् ।
लाउञ्ज बारमा ग्राहकहरूले पारिवारिक वातावरणमा राष्ट्रिय तथा अन्तराष्ट्रिय परिकारहरु पाउनेछन् । बारमा कुनैपनि प्रकारकाे मिटिङ्ग, सेमिनार तथा कार्यक्रमका लागि सुविधासम्पन्न हलको व्यवस्था समेत रहेकाे सञ्चालक मान बहादुर मगरले जानकारी दिए ।
ए.सी. जडित यस लाउन्जमा एक पटकमा १५० जनाको लागि खानपानको व्यवस्थापन गर्न सकिने छ । सुरुवाती चरणमा सेवा दिनको लागि १२ जना कर्मचारी राखिएको छ भने आवश्यकता अनुसार कर्मचारी थपिने सञ्चालक मगरले जानकारी दिए । कुनैपनि व्यवसाय सफल हुन त्यहाँकाे सर्भिस र हस्पिटालिटी महत्वपूर्ण विषय रहेकाेले लाउञ्ज बारले तालिम प्राप्त कर्मचारीहरू व्यवस्थापन गरेकाे छ ।
सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गरी अत्याधुनिक सिसि क्यामरा, सेक्युरिटी गार्ड सहित पार्किङको सुविधा समेत रहेको छ । ग्राहकवर्गको लागि विशेष अवसरहरुमा चर्चित कलाकारहरुबाट सांस्कृतिक तथा सांगितिक प्रस्तुतिहरू दिइने बताइएकाे छ ।
विगत लामाे समय होटल व्यवसायमा संलग्न भएका सञ्चालकहरूले धरानकाे आन्तिरिक तथा बाह्य पर्यटक तथा ग्राहक वर्गको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ अवधारणाका लाउञ्ज बार सञ्चालनमा ल्याएका हुन् ।
लाउञ्ज बारका सञ्चालक समेत रहेका सेफ तिलक पाण्डेसँग देश विदेशका फाईभ स्टार होटलमा काम गरेको लामो अनुभव रहेको छ । उत्कृष्ट सेवा सुविधा प्रदान गरी धरानकै नमुना लाउन्ज एण्ड बारको रुपमा क्लाउड नाइन लाउन्ज एण्ड बारलाई स्थापित गर्ने उनीहरूकाे लक्ष्य रहेकाे छ ।
0 प्रतिकृया