वीपी प्रतिष्ठानमा डेपुटी अस्पताल निर्देशक, सहायक अस्पताल निर्देशकसहित प्रवक्ता नियुक्त
एक्सन खबर
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेपुटी अस्पताल निर्देशक, सहायक अस्पताल निर्देशक तथा प्रवक्ता नियुक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले बुधबार उल्लेखित पदहरुसँगै अन्य विभिन्न पदहरुमा नियुक्ती गरेका छन् ।
प्रतिष्ठानको अस्पताल सेवालाई प्रभावकारी तथा चुस्त, दुरुस्त बनाउन डेपुटी अस्पताल निर्देशकमा डा. जगतनारायण प्रसादलाई नियुक्त गरिएको छ । दुईजना सहायक अस्पताल निर्देशकमा डा.लोकेश शेखर जयसवाल तथा डा.इन्द्र लिम्बुलाई नियुक्त गरिएको छ । प्रतिष्ठानको प्रवक्तामा प्रा.डा. कृष्णा पोखरेललाई जिम्मेवारी दिइएको छ ।
अस्पताल सेवालाई चुस्त, दुरुस्त बनाउन डेपुटी अस्पताल निर्देशकमा एनेस्थेसियोलोजी विभागका एसोसियट प्रोफेसर डा.जगत नारायण प्रसादलाई नियुक्त गरिएको हो । प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार अस्पताल सेवा अन्तर्गत वार्डहरु, ओ.टी र इमर्जेन्सी सेवाहरुको रेखदेख, सुपरिवेक्षण, विकास, विस्तार एवं सुव्यवस्थित गर्न सहायक अस्पताल निर्देशकमा सर्जरी विभागका एसोसिएट प्रोफेसर डा.लोकेश शेखर जयसवाललाई जिम्मेवारी दिइएको छ ।
अस्पताल सेवा अन्तर्गत ओ.पी.डी., डेन्टल ओ.पी.डी., ल्याब सेवाहरु र रेडियोलोजी सेवाहरुको सुपरिवेक्षण, विकास, विस्तार एवं सुव्यवस्थित गर्न सहायक अस्पताल निर्देशकमा प्रोस्थोडोन्टिक्स विभागका एसिस्टेन्ट प्रोफेसर डा.इन्द्र लिम्बुलाई कार्यभार नियुक्त गरिएको छ । भने, प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार सुचना प्रवाहलाई प्रभावकारी बनाउन प्रक्तामा एनेस्थेसियोलोजी विभागकी प्रा.डा.कृष्णा पोखरेललाई नियुक्त गरिएको छ ।
पछिल्लो समय वीपी प्रतिष्ठानको स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन उपकुलपति डा. ज्ञानेन्द्र गिरीले तदारुकता देखाएका छन् । प्रतिष्ठानभित्र र प्रतिष्ठान बाहिरबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा गरिएको हस्तक्षेप निस्तेज गर्दै प्रतिष्ठान सुधारकालागि आफुले पहल गरिरहेको डा. गिरीको भनाई छ ।
चारजना पदाधिकारी रहने प्रतिष्ठानमा अस्पताल निर्देशक र रजिष्ट्रार पद खाली रहेको छ । ती पदहरुमा केही समयमै प्रक्रिया पुर्याएर नियुक्ती अगाडी बढाइने बताइएको छ ।
0 प्रतिकृया