Follow us:


Follow us

६ वैशाख २०८३, आइतवार
६ वैशाख २०८३, आइतवार


९४ किलो चाँदीका पाउजु सहित भारतीय नागरिक पक्राउ

एक्सन खबर
जेठ, १८, २०७९


९४ किलो चाँदीका पाउजु सहित भारतीय नागरिक पक्राउ

सप्तरी, १७ जेठ । सशस्त्र प्रहरी सीमा सुरक्षा बलले चाँदीका तयारी गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलको बीओपी स्वर्णपट्टीबाट खटिएको टोलीले बोदेबर्साइन नगरपालिका– ९ स्थित इँटाभट्टा नजिकबाट भारतको बिहार राज्य मधुवनी जिल्ला खुटौना ग्राम पञ्चायत–११ कामट टोलका २२ वर्षीय वशिष्ठ चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीको साथबाट चार लाख ३८ हजार ९५७ रूपैयाँ बराबरको २८ जोडी ९४ किलो चाँदीको तयारी पाउजु बरामद गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रहरी उपरीक्षक प्रदीप खडकाले जानकारी दिए ।

चौधरीले कम्मरमा लुकाएर ल्याउँदै गरेको अवस्थामा शंका लागेर जाँच गर्दा अवैध गहना फेला परेपछि बरामद गरिएको खडकाको भनाइ छ । चौधरीलाई आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।













0 प्रतिकृया