Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


आयुष्मान श्रीमतीको पुस्तक पढ्न किन चाहदैनन् ?

एक्सन खबर
जेठ, १८, २०७९


आयुष्मान श्रीमतीको पुस्तक पढ्न किन चाहदैनन् ?

मुम्बई, १८ जेठ । आफ्नो नयाँ फिल्म ‘अनेक’लाई लिएर मूलधारको हिस्सा हुने अभिनेता आयुष्मान खुरानाले हालै मात्र पत्नी ताहिराका बारेमा एक खुलासा गरेका छन् । उनले पत्नीे लेखेको पुस्तक ‘ए ७ साइन अफ बिइङ’ बारे कुरा गर्दै पुस्तक नपढेको जनाएका छन् । पुस्तकमा ताहिराले आफू र आयुष्मानको सेक्स जीवनका बारेमा लेखेकी छन् ।

आयुष्मानले आफूले पुस्तक नपढेको र त्यहाँ रहेका केही विवरणमा आफू अनविज्ञ रहेको दाबी गरेका छन् । ‘किनकी म निजी व्यक्ति हुँ । यस्तो कुरालाई आफूमा मात्र राख्न चाहन्छु’, उनले भनेका छन् ।

एक पाठकका लागि पुस्तक मनोरञ्जनका रुपमा आए पनि व्यक्तिगत रुपमा कोहीप्रति लक्षित रहेर कुरा गर्न अथवा उसले लेखेको पुस्तकको भित्री गहिराईसम्म पुगेर पढ्ने बानी नरहेको आयुष्मानले बताएका छन् ।

आयुष्मान र ताहिरा बाल्यकालदेखि नै साथी हुन्, किनकी उनीहरुले एउटै स्कुलमा पढेका थिए । उनीहरुले सन् २००८ मा विवाह गरे । अहिले उनीहरुको दुई सन्तान छन् ।













0 प्रतिकृया