Follow us:


Follow us

१० वैशाख २०८३, बिहिवार
१० वैशाख २०८३, बिहिवार


वी. पी. प्रतिष्ठान र सेभ घाेपा अभियानविच सहमति

एक्सन खबर
जेठ, १७, २०७९


वी. पी. प्रतिष्ठान र सेभ घाेपा अभियानविच सहमति

सुनसरी । धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा सुधारको माग गर्दै जारी घोपा बचाउ अभियान ५६ औं दिनमा भएकाे वार्तामा सहमति भएको छ ।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) को मध्यस्ततामा भएको वार्तामा ५ जनाकाे कार्यदल बनाएर समस्या पहिचान गरी समाधान गर्ने सहमति भएकाे हाे । कार्यदलमा सेभ घोपाको तर्फबाट २ जना सदस्य रहनेछन् । प्रतिष्ठानको तर्फबाट २ जना र एक जना मेयरको तर्फबाट प्रतिनिधि रहने सहमति भएको छ ।

सोमबार राती प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साह तथा प्रतिष्ठानद्वारा गठित वार्ता कमिटीका सदस्यहरुसमेत सहभागी वार्तामा सेभ घोपा अभियानले राखेका मागहरुमा बुँदागत छलफल हुँदा उपकुलपति डा.गिरी र अस्पताल निर्देशक डा.साहले कतिपय मागहरू पुरा भइसकेकाे बताउँदै कतिपय पाइपलाइनमा रहेको बताए ।

वार्तामा तत्काल १५ दिनभित्र गर्न सकिने काम गर्ने, बाँकी कार्यदलको सिफारिस वमोजिम गर्ने सहमति भएको छ ।भने, निर्देशन अनुसार काम नगर्नेलाई प्रतिष्ठानको नियमावलीमा भएको व्यवस्था वमोजिम कारबाही गर्ने  सहमति पनि भएको छ ।

कार्यदल गठन गर्ने सहमति भएतापनि सेभ घाेपान अभियानले धर्ना भने जारी रहने बताएकाे छ । ५६ दिनदेखि प्रतिष्ठानको डेन्टल गेटबाहिर धर्ना बसेर आन्दोलन गरिरहेका सेभ घोपा अभियान अझै २ सातासम्म जारी रहने प्रमुख अभियन्ता सुदन गुरुङले बताए । दुई साताभित्र गर्न सकिने काम भए नभएको हेरेर मात्र आन्दोलन रोक्ने भन्दै उनले सुधार नभए अझ सशक्त आन्दोलन चर्काउने बताए ।

वार्तामा सेभ घोपा अभियानको तर्फबाट ९ जना सहभागी थिए । यसअघि दिउसाे प्रतिष्ठानले गठन गरेकाे वार्ताटाेलीसँग भएकाे वार्ता निष्कर्षविहिन भएकाे थियाे । त्यसपछि धरानका मेयरकाे पहलमा उपकुलपति, अस्पताल निर्देशक सहित वार्ता भएकाे हाे ।














0 प्रतिकृया