Follow us:


Follow us

१० वैशाख २०८३, बिहिवार
१० वैशाख २०८३, बिहिवार


कटारीका मेयरले आफ्नो सेवा सुविधा बिपन्न तथा गरिबको स्वास्थ्य शिक्षामा खर्चने

एक्सन खबर
जेठ, १७, २०७९


कटारीका मेयरले आफ्नो सेवा सुविधा बिपन्न तथा गरिबको स्वास्थ्य शिक्षामा खर्चने

उदयपुर, १६ जेठ । उदरपुरकाे कटारीका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले आफूलाई प्राप्त सेवा सुविधावापतकाे रकमबाट नगरका विपन्‍न परिवारलाई शिक्षा र स्वास्थ्यमा सहयाेग गर्ने बताएका छन् । साेमबार नगर प्रमुख पदभार ग्रहण गरेका उनले त्यसका लागि काेष स्थापना गर्ने बताए ।

आफूले पाउने सेवा सुविधालाई जनताकाे भविष्यसँग जाेड्न चाहेकाे उनकाे भनाइ छ । यस्तै, श्रेष्ठले जनताका काममा आफू सँधै सहज रूपमा उपलब्ध हुने र सकारात्मक रहने बताए ।

नगर प्रमुखकाे रूपमा उनकाे पहिलाे निर्णय नगरको सेवालाई चुस्तदुरुस्त, पारदर्शी, मितव्यी, प्रभावकारी, जनमुखी र सेवाग्राहीमैत्री बनाउन सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्ने रहेकाे छ ।













0 प्रतिकृया