Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली राजमार्ग संघीय सरकारकाे बजेटमा परेनन्

एक्सन खबर
जेठ, १६, २०७९


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली राजमार्ग संघीय सरकारकाे बजेटमा परेनन्

जुम्ला, १६ जेठ । सरकारले प्रस्तुत गरेको २०७९/८० काे बजेटमा जुम्ला उपेक्षामा परेको छ । संघीय सरकारको बजेटमा नसमेटेर कर्णालीको जीवनरेखा मानिने कर्णाली राजमार्ग र कर्णाली स्वास्थ्य विज्ञान शिक्षण अस्पताललाई उपेक्षा गरेकाे आराेप छ ।

अर्थमन्त्री जनार्दन शर्माले राजस्व र व्ययको वार्षिक अनुमानसहितको १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्वजानिक गरे । जसअन्तरर्गत मुलुकका सातै प्रदेशका विशेष महत्वका आयोजना र सात सय ५३ स्थानीय तहका विभिन्न योजना बजेटमा समेटिएका छन् ।

तर, जुम्लावासीको भरोसाकाे केन्द्र, कर्णाली प्रतिष्ठान र कर्णालीको जीवनरेखा कर्णाली राजमार्ग स्तरवृद्धि अभावले मृत्युमार्गका रुपमा परिणत हुँदा समेत संघीय बजेटमा नसमेटिएकाे आराेप छ ।

कर्णालीकै सांसद अर्थमन्त्री हुँदा पनि कर्णाली प्रतिष्ठान र कर्णाली राजमार्गबजेटमा नसमेटिनु विडम्बना भएकाे उनीहरूकाे भनाइ छ । पूर्वराज्यमन्त्री बहादुर महत भन्छन्, 'सिटामोल नपाईने कर्णालीमा विशषज्ञ स्वास्थ्य सेवादेखि डाक्टर पढाई सुरु भएको छ । भवन अभावले भाडाका घरमा प्राध्यापकहरू बस्न बाध्य छन् । विशेष बजेटले मात्रै हाेइन कर्णालीकै अर्थमन्त्रीले समेत उपेक्षा गरे ।'

बजेटमा प्रतिष्ठानलाई उपेक्षा गर्नुलाई प्रतिष्ठानलाई सक्काउने खेल भएकाे बुझिएकाे छ । स्वास्थ्यमन्त्री विराेध खतिवडाले कर्णाली प्रतिष्ठानलाई हेयका दृष्टिकाेणले हेरिरहेका छन् । उपकुलपति डा. मंगल रावललाई केपी शर्मा ओलीकाे सरकारले नियुक्त गरेकाेले मन्त्री खतिवडा प्रतिष्ठान प्रति सकारात्मक छैनन् । 













0 प्रतिकृया