Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


चोरीका घटना बढेसँगै होटल तथा पसल बेलुकी साढे ८ बजेपछि बन्द

एक्सन खबर
जेठ, १६, २०७९


चोरीका घटना बढेसँगै होटल तथा पसल बेलुकी साढे ८ बजेपछि बन्द

रसुवा, १६ जेठ । रसुवाको कालिका गाउँपालिका–५ मा होटल, चिया पसल तथा खाद्यान्न पसल बेलुकी साढे ८ बजे नै बन्द गर्नुपर्ने भएको छ । जिल्लामा २७ दिनदेखि श्रृंखलावद्ध चोरीको घटना हुन थालेको र गाउँपालिकाको विभिन्न स्थानमा चोरीको घटना नियमितजसो हुन थालेपछि वडा कार्यालयले उक्त निर्णय गरेको हो ।

वडाध्यक्ष सन्दिप पौडेलको अध्यक्षतामा आइतबार बसेको बैठकले हरेक दिन बेलुकी साढे ८ बजेदेखि बिहान ४ बजेसम्म होटल तथा पसल बन्द गर्नुपर्ने निर्णय गरेको हो।

जिल्लाको उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकाको विभिन्न स्थानमा चोरीको घटना बढिरहेकाले वडाभित्र रहेका होटल तथा पसल सीमित समय खोल्ने निर्णय गरिएको वडाध्यक्ष पौडेलले बताए। ‘हामीले आजदेखि नै लागू हुनेगरी निर्णय गरेका छौं’, उनले भने, ‘अर्को निर्णय नहुँदासम्म यो जारी रहन्छ।’

जिल्लामा श्रृंखलावद्ध चोरी सुरु भएको २७ दिन भयो। पीडितले प्रहरीमा उजुरी पनि दिइरहेका छन्। गएको वैशाख २० गते यता करिब ३७ वटा घर, वित्तीय संस्था, वडा कार्यालय, स्वास्थ्य संस्था तोडफोड भएका छन्। केही संस्थाबाट नगद चोरी नगरेपनि अधिकांस घर तथा सहकारी संस्थाबाट नगद चोरी भएको छ।

चोरीमा संलग्न व्यक्तिको खोजी कार्य गरिरहेको प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए। उनका अनुसार हालसम्म चोरीमा संलग्न व्यक्ति पक्राउ परेका छैनन्। चोरीको घटना बढेपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरिक्षक  झलक शर्माको नेतृत्वमा ५ सदस्सीय टोली परिचालन गरिएको छ।













0 प्रतिकृया