वी. पी. प्रतिष्ठान परिसरमा आन्दोलनरत पक्षलाई वार्तामा आउन आब्हान
एक्सन खबर
धरान । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रतिष्ठान परिसरमा आन्दोलनरत पक्षलाई वार्तामा आउन आब्हान गरेको छ । प्रतिष्ठानले आइतबार ५ सदस्यीय वार्ता टोली गठन गर्दै सेभ घोपा क्याम्पका अभियान्ताहरुलाई वार्तामा आउन अनुरोध गरेको हो ।
प्रतिष्ठानमा अस्पताल निर्देशक प्रा.डा. गौरिशंकर शाहले उपकुलपति डा. ज्ञानेन्द्र गिरीको निर्देशनमा ५ सदस्यीय वार्ता टोली गठन गरेको बताएका छन् । साथै, आन्दोलनरत पक्षलाई पनि ५ सदस्यीय वार्ता टोली बनाएर आउन भनिएको छ ।
‘विगत केहि समयदेखि सेभ घोपा क्याम्पको नारा सहित प्रतिष्ठानको अस्पताल सेवा सम्बन्धी विभिन्न मागहरु सहित विरोध।आन्दोलन गरिरहेको समुहले उठान गरेका मागहरुको सम्बन्धमा उचित एवं नियमसंगत समाधानका लागी सम्बन्धित पक्षसँग छलफल एवं वार्ता गरी सोको प्रतिवेदन पेश गर्न श्रीमान् उपकूलपतीज्यूको निर्देशनमा २०७९÷२ १३ गतेका दिन श्रीमान् अस्पताल निर्देशकज्यूको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरिएको छ ।’ प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
आन्दोलनमा संलग्नहरुलाई सौहाद्र्रपूर्ण वार्तामा आई छलफल गर्न आव्हान गर्दै वार्ता टोलीका संयोजक तथा अस्पताल निर्देशकले पत्राचार गरिसकेको बताइएको छ ।
0 प्रतिकृया