Follow us:


Follow us

६ वैशाख २०८३, आइतवार
६ वैशाख २०८३, आइतवार


केएमसीले गर्यो कुटीमा सिकिस्त रहेका स्वामीको उद्दार

एक्सन खबर
जेठ, १४, २०७९


केएमसीले गर्यो कुटीमा सिकिस्त रहेका स्वामीको उद्दार

काठमाडौं । सिमामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)ले सिकिस्त बिरामी परेका एक जोगीको उद्दार गर्दै निःशुल्क उपचार गरेको छ । शुक्रबार केएमसीबाट चिकित्सकहरुको एक टोली गुहेश्वरी नजिक रहेको जोगीको कुटिमै पुगेर ७२ वर्षीय कृष्ण स्वामीको निःशुल्क उपचार गरेको हो ।

कुटीमा जोगी सिकिस्त रहेको जानकारी पाएपछि केएमसीका कार्यकारी अध्यक्ष सहितको चिकित्सक टोली कुटीमा पुगेको थियो । करिब ३० वर्षदेखि नेपालमा बस्दै आएका ती जोगीलाई कुटीमा सामान्य उपचार पश्चात केएमसीमा ल्याएर थप उपचार थालिएको अस्पतालका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

‘गुहेश्वरीको एउटा कुटीमा एकजना बृद्ध बाबा विरामी हुनुहुन्छ भन्ने खबर आयो तत्कालै हामीले स्वास्थ्यकर्मीको टोलीसहित उद्दार गरेर उपचारार्थ ल्याएका छौं ।’ जेनेरल मेनेजर दाहालले भने ।

नोबेल शिक्षण अस्पताल मार्फत पूर्वी नेपालको चिकित्सक सेवा र शिक्षामा महत्वपूर्ण योगदान पुर्याउँदै आएका डा. सुनिल शर्माले २ वर्षअघि केएमसी लिएसँगै त्यहाँको स्वास्थ्य सेवा र शिक्षामा उल्लेखनीय सुधार भएको छ ।

डा. शर्माको नेतृत्वमा केएमसीलाई नेपालकै उत्कृष्ट स्वास्थ्य संस्थाका रुपमा सञ्चालन गर्ने कार्य भइरहेको छ । चिकित्सा क्षेत्रका अत्याधुनिक उपकरण सहित सुपरस्पेशियालिटी सेवा सञ्चालनको तयारी गरेको केएमसीले सामाजिक उत्तरदायित्व अन्तरगत उपत्यकासँगै उपत्यकासँग जोडिएका विभिन्न जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आइरहेको छ ।














0 प्रतिकृया




















फल्लोअप