Follow us:


Follow us

१० वैशाख २०८३, बिहिवार
१० वैशाख २०८३, बिहिवार


बाम्फोकले हानी आमाकाे हत्या गरेकाे आराेपमा युवक पक्राउ

एक्सन खबर
जेठ, ११, २०७९


बाम्फोकले हानी आमाकाे हत्या गरेकाे आराेपमा युवक पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१४ विजयपुरका २५ बर्षीय सौगात सुबेदीलाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

झापा चन्द्रगढी घर भई हाल हात्तीसार कलेज धरानको क्वाटरमा बस्दै आएकी ४२ बर्षीया शान्त सुवेदीलाई २५ बर्षीय छोरा सौगात सुवेदीले गत शनिबार दिउँसो साढे १ बजे बाम्फोकले टाउकोमा प्रहार गरी गम्भिर घाईते बनाएका थिए ।

उक्त घटनामा घाईते भएकी सुबेदीलाई तत्काल उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगि थप उपचारको लागी बिराटनगरको न्युरो अस्पताल लगिएको थियो ।

उक्त अस्पतालमा समेत उपचार हुन नसक्ने भनी चिकित्सकको सल्लाह अनुसार घर फिर्ता लैजाने क्रममा दिउँसो ३ बजे बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटनामा संग्लग्न रहेका सुबेदीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।













0 प्रतिकृया