सरकारले नयाँ राष्ट्रिय कृषि नीति तयार गर्ने (सरकारकाे निती तथा कार्यक्रमकाे पूर्णपाठ)
एक्सन खबर
काठमाडौं, १० जेठ । सरकारले नयाँ राष्ट्रिय कृषि नीति तयार गर्ने भएको छ । कृषिलाई व्यवसायीकरण, यान्त्रिकीकरण, जलवायू अनुकूलन खेती प्रणालीको विकाससँगै प्रविधिको प्रर्बद्धन गर्नेगरीको कृषि नीति सरकारले बनाउने भएको हो ।
आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिमा आधारित रोजगारी सिर्जना गर्दै आर्थिक वृद्धिदर उकास्न नयाँ राष्ट्रिय कृषि नीति आवश्यक भएकोमा जोड दिइन् ।
उनले हिमाली तथा उच्च पहाडी जिल्लामा सञ्चालित जिविकोपार्जन कार्यक्रमलाई मानव विकास सुचाङ्क कम भएका जिल्लामा विस्तार गर्ने नीति पनि सरकारले लिने उल्लेख गरिकी छिन् ।
पर्यटन, उद्योग, वन वातावारणसँगै भू–उपयोग नीति तयार गर्दा कृषि तथा वन क्षेत्रबाट हुने उत्पादन र उत्पादकत्व वृद्धि हुने गरी सामञ्जस्यता कायम गरिने पनि बताएकी छिन् । यस्तै, अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गरिने उनको भनाइ छ ।
आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध गरिने
सरकारले आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध गरिने जानकारी दिएकी हुन् ।
जसबाट ६०० जमिन जोगिने सरकारको लक्ष्य छ । भूमि वर्गीकरण गरी स्थानीय, प्रदेश र संघसहित तीन तहको भूउपयोग योजना तयारी गरिने उनले जानकारी दिइन् ।
उद्योग–व्यवसायीमैत्री वातावरण निर्माण गर्ने
सरकारले सबल अर्थतन्त्र निर्माणका लागि उद्योग क्षेत्रको नेतृत्वदायी भूमिका स्थापित गर्ने लक्ष्य लिएको छ । त्यसका लागि उद्योगमैत्री र व्यवसायीमैत्री वातावरणको आधार तयार गर्ने सरकारले नीति लिने भएको छ ।
निजी क्षेत्रलाई उत्पादनमुलक उद्योग स्थापना र सञ्चालन गर्न प्रोत्साहित पनि गर्ने सरकारले जनाएको छ । कृषि, वन तथा खानी क्षेत्रका उत्पादनलाई औधोगिक प्रशोधन शृङ्खलासँग जोड्दै एकीकृत नमूना कार्यक्रम सञ्चालन गरिने राष्ट्रपति भण्डारीले बताइन् ।
उनले ऊर्जा दक्षतासँगै नवीकरणीय ऊर्जाको उपयोगबाट हरित अर्थतन्त्रको विकास गर्न औधोगिक प्रबद्र्धन गर्ने पनि बताइन् । उनका अनुसार सरकारले तुलनात्मक लाभ भएको उत्पादनशील क्षेत्रहरूमा आन्तरिक तथा वैदेशिक लगानीमा वृद्धि, साना तथा मझौला उद्योगलाई नवप्रबर्द्धन गर्नेछ ।
नेपाली उत्पादन उपभोग अभिवृद्धि दशक अभियान
यस्तै, सरकारले समुन्नत अर्थतन्त्र विकासका लागि नेपाली उत्पादन, उपभोग अभिवृद्धि दशक अभियान सुरु गर्ने भएको छ । नेपाली उत्पादन, उपभोग अभिवृद्धि दशक अभियान सुरु गर्ने गरिने राष्ट्रपति भण्डारीकाे भनाइ छ ।
‘नेपाली उद्योग नेपालमै रोजागर, आफ्नै उत्पादन आफ्नै बजार’ नारासहित नेपाली उत्पादन, उपभोग अभिवृद्धि दशक अभियान सुरु गरिने राष्ट्रपति भण्डारीले जानकारी दिइन् ।
फास्ट ट्रयाक समयमै सक्ने गरी काम अघि बढाइने
बहुप्रतिक्षित तराई मधेश–काठमाडौं फास्ट ट्रयाक समयमै सक्ने गरी काम अघि बढाइने भएकाे छ । २०८१ सालभित्र फास्ट ट्रयाक सक्ने सरकारले लक्ष्य लिएको छ । जिल्ला सदरमुकाम जोड्ने सडकलाई चारलेनमा विस्तार गरिने छ ।
काठमाडौंका सम्भाव्य स्थानमा फ्लाइओभर निर्माण गरिने विषय पनि सरकारको आगामी नीति तथा कार्यक्रममा समेटिएको छ ।
सिद्धबाबा सुरुङमार्गको निर्माण गरिने
आर्थिक वर्ष २०७९/०८० मा मदन भण्डारी राजमार्गको बाँकी खण्डको निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । केही वर्ष यता राजमार्ग निर्माणाधीन छ । तर, नयाँ आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने सरकारले लक्ष्य लिएको हो ।
त्रिभुवन राजमार्गको ठाउँठाउँमा सुरुङमार्ग र फ्लाई ओभर निर्माण गर्ने पनि सरकारको लक्ष्य रहेको छ । सिद्धबाबा सुरुङमार्गको निर्माण पनि नयाँ आर्थिक वर्षमै सुरु गरिने भएको छ ।
पृथ्वी राजमार्गको मजिमटारदेखि चितवनको शक्तिखोरसम्म सुरुङमार्ग निर्माणका लागि पूर्व तयारी गरिने भएको छ । तीन सय सडक पुलको निर्माणसँगै महाकाली नदीमा निर्माणाधीन दोधारा–चाँदनी जोड्ने पुलको निर्माण सम्पन्न गरिने पनि सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै, रसुवागढी–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन सुरु गरिने सरकारको लक्ष्य छ ।
विपन्न नागरिकलाई विधुत मिटर निःशुल्क जडान गरिने
विपन्न वर्गका नागरिकका घरमा विधुत मिटर निशुःल्क जडान गरिने भएको छ । विपन्न नागरिकलाई सहुलियत प्रदान गर्न सरकारले यो नीति लिएको हो । विधुत खपत बढाउन महसुल पुनरावलोकनसमेत गरिने भएको छ । सरकारले यसअघि विपन्न वर्गका नागरिकलाई २० युनिटसम्म विधुतको महसुल छुट गरिदिएको छ ।
ऊर्जामन्त्री पम्फा भुसालले लोक कल्याणकारी राज्यको प्रत्याभूति जनतालाई दिलाउन उक्त नीति लिएको यसअघि बताएकी थिइन् । यस पटक भने सरकारले मिटर जडान निःशुल्कसँगै महसुल पनि पुनरवलोकन गर्ने नीति लिने भएको हो ।
बुढीगण्डकी आयोजना नेपालकै लगानीमा
नेपालकै लगानीमा बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालकै लगानीमा बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गरिने जानकारी दिएकी हुन् ।
सरकारले १२ सय मेगावट बुढीगण्डकी जलविद्युत् आयोजना नेपालकै लगानीमा निर्माण गर्ने भएको हो । साथै पश्चिम सेती, तल्लो अरुण र सेती रिभर–६ को निर्माण कार्य पनि आगामी आर्थिक वर्षबाटै सुरु गरिने राष्ट्रपति भण्डारीले जानकारी दिइन् ।
भेरीगंगामा प्रादेशिक विमानस्थल बनाइने
सरकारले सुर्खेतको भेरीगंगा रामघाटमा प्रादेशिक विमानस्थल बनाउने भएको छ । विभिन्न मुलुकमा नेपाली हवाई सेवा कम्पनीले सेवा प्रवाह गर्नका लागि सरकारले सम्झौता गर्ने छ। आर्थिक वर्ष २०८०/०८१ देखि निर्माण सुरु गर्ने गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लगानी तथा निर्माणको ढाँचा तयार गरिने छ ।
आगामी वर्ष चन्द्रगढी, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, नेपालगन्ज र धनगढीमा रहेको विमानस्थलमा सुविधाजनक टनेल निर्माण गर्ने, हवाई सेवालाई विस्तार र गुणस्तरीय बनाउने, हवाई क्षेत्रका सम्पूर्ण नियमहरु परिपालना गराउँदै अन्तर्राष्ट्रिय उडानका लागि नेपालका हवाई कम्पनीहरुको क्षमता अभिवृद्धि गर्ने नीति पनि सरकारले लिएको छ ।
प्रधानमन्त्रीको गृहजिल्लामा मेडिकल कलेज
सरकारले डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुरामा मेडिकल सञ्चालन गरिने भएको हाे ।
संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने जानकारी दिएकी हुन् ।
0 प्रतिकृया