Follow us:


Follow us

१० वैशाख २०८३, बिहिवार
१० वैशाख २०८३, बिहिवार


किन स्थगित भयाे सलमान खानकाे नेपाल कन्सर्ट ?

एक्सन खबर
जेठ, ११, २०७९


किन स्थगित भयाे सलमान खानकाे नेपाल कन्सर्ट ?

काठमाडाैं । यहि शनिबार दशरथ रंगशालामा हुने भनिएको बलिउड अभिनेता सलमान खानको कन्सर्ट स्थगित गरिएको छ । आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङले स्थानीय तहकाे निर्वाचनले गर्दा भनेजति टिकट विक्रि नभएकाले ‘द ब्याङ रिलोडेड टुर’ रोकिएको बताएका छन् ।

स्थानीय चुनावको कारण टिकट बिक्रीमा प्रभाव परेको र वर्षातको समय सुरु भएकाले कार्यक्रम गर्न असहज हुने भएपछि स्थगित गरिएको आयाेजकले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ ।

आयोजक ओडिसी नेपालले सलमान खान सहित बलिउड नायिका ज्याकलिन फर्नान्डेज पनि आउने भनिएकाेमा उनी माथी लागेकाे एक मुद्दाका कारण भारत सरकारले देश छाडेर जान प्रतिबन्ध लगाएकाले मुम्बइकाे टीमले प्रजा हेगडेलाइ पठाउने निर्णय गरेकाे पनि बताएकाे छ ।

‘सो कार्यक्रममा सलमान खान सहित आउने स्वदेशी र बिदेशी कलाकारहरू मध्ये चर्चित भारतीय नायिका सुश्री ज्याकलिन फर्नाडिज माथी लागेको एक मुद्दाको क्रममै भारत सरकारले देश छोडन प्रतिबन्ध लगाएको  सन्दर्भमा वहाँले  नेपालको  इभेन्टलाई आउनलाई अदालतमा  दिएको निवेदनमाथी सकारात्मक निर्णय आएन ।’ विज्ञप्तिमा भनिएकाे छ ।

तर टिकट काट्ने दर्शकलाई नयाँ अभिनेत्रीको सन्दर्भमा शो हेर्ने वा नहेर्ने संविधानत: अधिकार अनुसार राईट अफ च्वाईसको अवसर दिनुपर्ने देखिएकाेले कसैले अभिनेत्री परिवर्तनको बिषय मन नपरेर टिकट फिर्ता  लिन चाहेमा कम्तीमा २ हप्ता म्याद दिएर कलाकार परिवर्तन बारे सार्वजनिक सुचना दिनुपर्ने कानुनी सल्लाहकारको राय अनुसार आफ्नो टिकट लगेर रकम सम्बन्धित प्रभु टेक्नोलोजीमा पुर्ण लक भएर बसेको रकमबाट फिर्ता लैजान सकिने बताइएकाे छ ।

सलमान खानको नेपाल टुर रोकिएको यो दोस्रो पटक हो ।













0 प्रतिकृया