Follow us:


Follow us

१५ असोज २०८३, बिहिवार
१५ असोज २०८३, बिहिवार


मतपत्रमा हस्ताक्षर नगर्ने अधिकृतलाई कारवाही गर्न माग

एक्सन खबर
जेठ, ६, २०७९


मतपत्रमा हस्ताक्षर नगर्ने अधिकृतलाई कारवाही गर्न माग

सुनसरी । धरान उपमहानगरपालिका वडा नं. २० काे मतगणनाको क्रममा उत्पन्न विवादलाई लिएर जनता समाजवादी पार्टी पार्टीले असहमति जनाएको छ ।

धरान २० को मतगणनाको क्रममा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि समस्या उत्पन्न भई सो वडाको मतगणना अन्तिम परिणाम घोषणा गर्न नै रोकिएको प्रति जनता समाजवादी पार्टी नेपालले आपत्ति जनाएको हाे।

जनता समाजवादी पार्टी नेपाल धरान २० नम्बर वडा समितिले आज विज्ञप्ति जारी गर्दै उक्त विषयमा वडा पार्टीको तर्फबाट असन्तुष्टि व्यक्त गरिएकाे छ । धरानमा जारि मतगणनामा धरान २० को मत गणना गर्ने क्रममा १८ वटा मतपत्रमा मतदान अधिकृतले षड्यन्त्रपुर्ण ढंगले हस्ताक्षर नगरेको भन्दै माओवादी केन्द्रले पुनः मतगणनाको माग राखेको प्रति जनता समाजवादी पार्टीको पनि समर्थन रहेको जनाएको छ ।

पार्टीले मतदान अधिकृतलाई तत्काल कार्वाहिको माग राख्दै पुनः मतगणनाको मागसमेत गरेकाे छ । अधिकृतको षड्यन्त्रपुर्ण कार्यले जनताको अमुल्य मतको अवमुल्यन भएको दावि गर्दै सो मतदान केन्द्रका मतदान अधिकृतलाई कार्वाहिको माग गरिएकाे पार्टीका इन्चार्ज रमेश राई अध्यक्ष जितकुमार राई तथा सचिब जीवन राईले जारी विज्ञप्तिमा भनिएकाे छ ।

यस्तै नेपाली कांग्रेस धरान उपमहानगर कमिटिले पनि निर्वाचन अधिकृतकाे कार्यालयमा अल्टिमेटम बुझाउँदै धरान २० मा विजयी भएका उम्मेदवारहरूकाे नाम अबिलम्ब घाेषणा गर्न माग गरेकाे छ ।















0 प्रतिकृया