Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


गढी गाउँपालिका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई गाउँगाउँमा भब्य स्वागत (फोटो फिचर)

एक्सन खबर
जेठ, ६, २०७९


गढी गाउँपालिका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई गाउँगाउँमा भब्य स्वागत (फोटो फिचर)

सुनसरी । गढी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले ऐतिहासिक जित हासिल गरेपछि विजयी र्याली निकालिएको छ । निर्वाचन अधिकृतको कार्यालय गढीले नेकपा एमालेका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार भारी मतका साथ निर्वाचित भएको घोषणा गरेसँगै विजयी उम्मेदवारसँगै र्याली निकालिएको हो ।

र्यालीमा गाउँपालिका अध्यक्षका नवनिर्वाचित उम्मेदवार आश नारायण चौधरी, उपाध्यक्षकी उम्मेदवार अनिता साह, एमाले केन्द्रीय सदस्य तथा पार्टीकी जिल्ला सह–इन्चार्ज भगवती चौधरी, प्रदेश कमिटी सदस्य रामदेव यादव, वडा नं. २, ३, ४, ५ र ६ का नवनिर्वाचित अध्यक्ष तथा वडासदस्य लगायत सयौं एमालेका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

निर्वाचित उम्मेदवारहरुले आफुलाई मतदिने गढीका मतदाताहरु प्रति आभार प्रकट गर्दै आफ्नो कार्यकालमा गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा विकास गर्ने प्रतिबद्धता जनाए । नेकपा एमालेबाट निर्वाचनमा प्रतिष्पर्धा गरेपनि निर्वाचित भएर आइसकेपछि आम गढीबासीहरुको साझा जनप्रतिनिधिको रुपमा काम गर्ने, कुनैपनि राजनीतिक, भौगोलिक, सामाजिक तथा बैचारिक आस्थाका आधारमा विभेद नगर्ने उनीहरुले प्रतिबद्धता जनाएका छन् ।

गढी गाउँपालिकाले दिने सेवाहरु जनमैत्री र प्रविधिमैत्री बनाउँदै सुशासन कायम गर्ने, सामुदायिक शिक्षाको सुधार गर्ने, गाउँमै सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा दिन अस्पताल निर्माण गर्ने, स्वच्छ खानेपानी, प्रत्येक वडाहरुमा कालोपत्रे बाटो, गाउँमै रोजगार, प्राविधिक शिक्षालय लगायतका जनमुखी कार्यक्रमहरु ल्याउने निर्वाचित जनप्रतिनिधिहरुको एजेण्डा रहेको छ । उनीहरुले यी वाहेक गाउँका जनताको जिवनस्तर उकास्ने गरी विकासका योजनाहरु बनाएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सडक, स्वरोजगार, महिला उद्यम लगायत सीपमुलक, आयमुलक क्षेत्र जसले प्रत्यक्ष रुपमा जनतालाई आर्थिक रुपमा सवल बनाउँछ त्यस्ता क्षेत्रमा कामहरु गर्ने उनीहरुको कार्ययोजना रहेको छ ।

गढी बजारबाट सुरु भएको विजयी र्याली गढी गाउँपालिकाका विभिन्न वडा तथा बजार परिक्रमा गरेको थियो । विहान ८ बजे सुरु भएको र्याली औराबनी, मधेली, छिटाहा, सत्तेरझोडा लगायतका क्षेत्रहरुको परिक्रमा गरेको थियो । र्यालीलाई गाउँगाउँमा स्थानीय मतदाताहरूले फुलमाला तथा अविर खदा लगाएर भब्य स्वागत गरेका थिए ।

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ३५ वर्षपछि गढी गाउँपालिकामा नेकपा एमालेले जित हासिल गरेको हो । निर्वाचनमा अध्यक्षका उम्मेदवार आश नारायण चौधरीले प्रत्यासी उम्मेदवार कांग्रेसका महेश दत्तलाई ३५५१ मतले पराजित गरेका थिए । भने,  उपाध्यक्षका उम्मेदवार अनिता साहले १९७७ मतले राजकुमारी चौधरीलाई पराजित गरेकी थिइन् ।

अध्यक्षका उम्मेदवार चौधरीले ८९०१ मत प्राप्त गर्दा कांग्रेसका दत्तले ५३५० मत पाएका थिए । उपाध्यक्षकी उम्मेदवार साहलाई ७८१५ मत प्राप्त हुँदा कांग्रेसकी चौधरीलाई ५८३८ मत मिलेको थियो । पालिकाको वडा नं. १ मा नेपाली कांग्रेसको प्यानल विजयी हुँदा वडा नं. २, ३, ४, ५ र ६ मा नेकपा एमालेका उम्मेदवारहरु प्यानलै आएका छन् ।























0 प्रतिकृया