Follow us:


Follow us

१० असोज २०८३, शनिवार
१० असोज २०८३, शनिवार


नेप्से सामान्य अंकले सुधार

एक्सन खबर
जेठ, ४, २०७९


नेप्से सामान्य अंकले सुधार

काठमाडाैं, ४ जेठ । सेयर बजार नेप्से बुधबार करिब ९ अंकले सुधार आएको छ। हिजो मंगलबार ८४ अ‌ंकले घटेको नेप्से परिसूचक बुधबार ८ दशमलव ९ अ‌ंकले बढेर नेप्से परिसूचक २२ सय ७४ दशमलव ४२ अ‌ंकमा पुगेर बन्द भएको छ ।

नेप्सेको सेन्सेटिभ इन्डेक्स २ दशमलव ४१ अ‌ंकले सुधार आई सेन्सेटिभ इन्डेक्स  ४४१ अ‌ंकमा पुगेको छ । केही सुधार आएको नेप्सेमा एकै दिन १०९ कम्पनीका सेयर धनीले नाफा कमाएका छन् ।

नेप्सेमा बुधबार ७० कम्पनी का सेयरधनीले घाटा व्यहाेर्दा एक मात्र कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । नकारात्मक सर्किट लागेको कम्पनीमा वोमी माइक्रो फाइनान्सको सेयर मूल्य १११ रुपैयाँ घटेर एक हजार एक रुपैयाँमा कारोबार भएको छ ।

नेप्सेमा बुधबार बजारमा ३१ लाख ५६ हजार कित्ता शेयर खरिद बिक्री हुँदा एक अर्ब ३२ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेमा बुधबार बैकिङ सेक्टर, डेभलमेण्ट बैंक, फाइनान्स, होटल, माइक्रो फाइनान्स सेक्टर का लगानीकर्ताले नाफा कमाएका छन् भने अन्य सेक्टरका सेयर लगानीकर्ताले गुमाएका छन् ।













0 प्रतिकृया