Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


सुनसरीमा एमालेका आश नारायण र जिवछको अग्रता यथावत

एक्सन खबर
जेठ, २, २०७९


सुनसरीमा एमालेका आश नारायण र जिवछको अग्रता यथावत

दुहवी । सुनसरीको गढी तथा बर्जु गाउँपालिकामा नेकपा एमालेका अध्यक्षका उम्मेदवारले आफ्नो अग्रता कायमै राखेका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार गढी तथा बर्जु गाउँपालिकामा एमालेका उम्मेदवारद्वय आश नारायण चौधरी र जिवछ कुमार रायले अग्रता कायमै राखेका हुन् ।

गढी गाउँपालिकामा चौधरीले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेश दत्तलाई ५९१ मतले पछि पारेका छन् । गढीको वडा नं. १, २ र ३ को मतगणनामा चौधरीले ३६७७ मत प्राप्त गर्दा दत्तले ३०८६ मत प्राप्त गरेका छन् ।

पालिकाको उपाध्यक्षमा भने कांग्रेसकी राजकुमारी चौधरीले अग्रता बनाएकी छिन् । उनले ३१८२ मत पाउँदा एमालेकी अनिता साहले २६९९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै बर्जु गाउँपालिकामा एमालेबाट अध्यक्ष पदका उम्मेदवार जिवछ कुमार रायले ३४१७ मत ल्याउँदा कांग्रेसका रघुनन्दन चौधरीले २६३१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकी नितु चौधरीले ३१७१ मत पाउँदा कांग्रेसकी संगीता रायले २७६६ मत प्राप्त गरेकी छन् ।

सुनसरीका दुई उपमहानगरपालिकामा भने एमाले कमजोर देखिएको छ । धरान उपमहानगरपालिकामा एमालेबाट मेयरमा प्रतिष्पर्धा गरेकी मञ्जु भण्डारीले स्वतन्त्र उम्मेदवार हर्क साम्पाङलाई पछि पारेतापनि कांग्रेसका किशोर राईसँग पछि छन् । सोमबार राती ९ बजेसम्म १३६४५ मतगणना हुँदा किशोर राईले ४१२२ मत प्राप्त गरेका छन् । एमालेकी भण्डारीले ३३३८ मत प्राप्त गरेकी छन् । स्वतन्त्रका साम्पाङ ३३०८ मतका साथ तेश्रो स्थानमा छन् । भण्डारीको भन्दा उनको मात्र ३० मत कम छ ।

यता इटहरी उपमहानगरपालिकामा गठबन्धन दलबाट नेपाली कांग्रेसका हेमकर्ण पौडेलले राम्रो अग्रता कायम गरेका छन् । इटहरी उपमहानगरपालिकामा १५४५४ मत गणना हुँदा पौडेलले ७१०५ मत हासिल गरेका छन् । एमालेका यामकुमार सुब्बाले ५७२६ मत प्राप्त गरेका छन् ।














0 प्रतिकृया