धरानमा कांग्रेसको अग्रता, स्वतन्त्र दाेश्राे, एमाले तेश्राेमा
एक्सन खबर
धरान । सुनसरीकाे धरानमा नेपाली कांग्रेसले अग्रता कायम गरेकाे छ । बैशाख ३० गते सम्पन्न स्थानीय तहकाे निर्वाचनकाे प्रारम्भिक मतगणनामा नेकपा एमालेलाई तेश्राे स्थानमा खुम्च्याउँदै कांग्रेस पहिलाे स्थानमा छ ।
सत्तारूढ गठबन्धनको तर्फबाट कांग्रेसका मेयरका प्रत्यासी किशोर राईले एक हजार ४ सय ८९ मत प्राप्त गर्दा स्वतन्त्रका मेयरका प्रत्यासी हर्क साम्पाङ् एक हजार २८ मत प्राप्त गरी दाेश्राे स्थानमा छन् ।
एमालेकी मेयरकि प्रत्यासी मञ्जु भण्डारी ७ सय ८९ मत प्राप्त गरि तेस्रो स्थानमा छिन् । उनी ०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा उपमेयरमा विजयी भएकी थिइन् ।
उपमेयरमा गठबन्धनको तर्फबाट अइन्द्रबिक्रम बेघाले एकहजार ६ सय ३ मत प्राप्त गरि अग्र स्थानमा छन् । एमालेका उपमेयरका प्रत्यासी पदम लिम्बुले ९ सय ३४ मत प्राप्त गरि बेघालाई पछयाइरहेका छन् ।
0 प्रतिकृया