Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


सुनसरीका यी स्थानमा आज राती ८ बजेदेखि घर बाहिर निस्कन नपाईने

एक्सन खबर
बैशाख, २९, २०७९


सुनसरीका यी स्थानमा आज राती ८ बजेदेखि घर बाहिर निस्कन नपाईने

इटहरी । सुनसरीका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ । भोली हुन गइरहेको स्थानीय तहको सुरक्ष संवेदनशीलतालाई ध्यानमा राख्दै सुनसरीका विभिन्न पालिकामा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला प्रशासन सुनसरीले आचारसंहिता उलंघन हुन सक्ने तथा राजनीतिक दलका कार्यकर्ताहरु विच विवाद र झडप हुनसक्ने महशुष गरेर आज बेलुकी ८ बजेदेखि भोली बिहान ५ बजेसम्मका लागि भोक्राहा नरसिंह, कोसी, हरिनगरा र देवानगञ्ज गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ । यसैगरी दुहवी नगरपालिकाको १, ८ र ९ नम्बर वडा, इटहरी उपमहानगरपालिकाको वडा नं. ३ तथा इनरुवा नगरपालिकाको वडा नं. ३, ९ र १० मा समेत निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख इन्द्रदेव यादवले जनाएका छन् ।

‘निषेध अवधिमा सुरक्षा निकायसँग समन्वय गरेर बाहेक व्यक्तिगत वा सामूहिक हिसाबले कोही पनि घर बाहिर ननिस्कन यो आदेश जारि गरिएको छ । आदेश विपरीत भए गरेको पाइएमा वा अटेर गरेको पाइएमा स्थानीय प्रशासन ऐन अनुसार कारबाही गरिने छ ।’ प्रशासनद्वारा जारि सूचनामा भनिएको छ ।

उक्त क्षेत्रमा दलका उम्मेदवारहरुले मौन अवधिमा समेत मतदातालाई प्रभावित गर्ने कार्य गरेको पाइएपछि प्रशासनले निर्वाचनलाई मर्यादित, शिष्ट र भयरहित वातावरणमा सम्पन्न गर्न निषेधाज्ञा लगाएको हो । उक्त क्षेत्रमा सत्तारुढ गठबन्धन, नेकपा एमाले, जसपा लगायतको चुनाबी प्रतिष्पर्धा छ ।














0 प्रतिकृया