Follow us:


Follow us

१० असोज २०८३, शनिवार
१० असोज २०८३, शनिवार


भक्तपुरको जगाती नाका भएर बाहिरिए १७ हजार बढी मतदाता

एक्सन खबर
बैशाख, २८, २०७९


भक्तपुरको जगाती नाका भएर बाहिरिए १७ हजार बढी मतदाता

भक्तपुर । काठमाडौं उपत्यकाको पूर्वी नाका भक्तपुरबाट बुधबार हजारौं मतदाताहरु बाहिरिएका छन् । अरनिको राजमार्ग प्रयोग गरेर जिल्लाका विभिन्न ठाउँंहरूमा डेरा गरी बस्ने मतदाताहरू अरनि राजमार्गअन्तर्गत जगाती नाका हुँंदै बाहिरिएका हुन् ।

 आ-आफनो घर जानका लागि मतदातहरू बुधबार बिहानदेखि ठाउँंठाउँंमा भेला भएर बसेका देखिन्थे । यो क्रम बुधबार दिनभर देखियो । भक्तपुरबाट अरनि तथा विपी राजमार्ग भएर देशका पूर्वी जिल्लाहरूमा जान सकिन्छ ।  

काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुलीसहित प्रदेश १  र मधेश प्रदेशका जिल्लामा जाने मतदाताहरू भक्तपुरकाे नाका भएर बुधबार बाहिरिएका हुन् ।  जगाती नाका भएर बुधबार नौ सय दुई वटा सवारीसाधनबाट १७ हजार ६९ यात्रु बाहिरिएको जिल्ला टाफिक कार्यालय सल्लाघारी भक्तपुरले जनाएको छ ।

शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि बिहीबार पनि भक्तपुरसहित काठमाडाैँ उपत्यकाबाट हजाराैँ यात्रु बाहिरिने अनुमान गरिएकाे छ ।













0 प्रतिकृया