Follow us:


Follow us

१४ असोज २०८३, बुधवार
१४ असोज २०८३, बुधवार


आज बेलुकासम्ममा सबै जिल्लामा मतपत्र ढुवानी हुने छः निर्वाचन आयोग

एक्सन खबर
बैशाख, २३, २०७९


आज बेलुकासम्ममा सबै जिल्लामा मतपत्र ढुवानी हुने छः निर्वाचन आयोग

बैशाख ३० गते हुन गइरहेकाे स्थानीय तहकाे निर्वाचनका लागि आज बेलुकीसम्म सबै जिल्लाहरूमा मतपत्र पुग्ने निर्वाचन आयोगले जनाएकाे छ । मधेस प्रदेशका ८ जिल्ला बाहेक अरु जिल्लामा यसअघि नै मतपत्र ढुवानी भइसकेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज बेलुकासम्ममा सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने जानकारी दिए । आयोगले हिजो पालिका चुनावका लागि आवश्यक मतपत्र छपाइको काम सकिएको जनाएको थियो ।

यसपालि दुई करोड सात लाख चार हजार मतपत्र छापिएको छ । ४३ पालिकामा पुनः मतपत्र छाप्नु परेकाले यसअघिको लक्ष्यभन्दा धेरै छपाइ भएको आयोगका प्रवक्ता पौडेलले बताए ।

पुनः १३ लाख चार हजार मतपत्र छापिएको हो । आयोगले ६ महानगर र भक्तपुरका लागि आवश्यक मतपत्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि छपाइ थालेको थियो । पालिका चुनावका लागि कुल मतदाता एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना रहेका छन् ।













0 प्रतिकृया