Follow us:


Follow us

१४ असोज २०८३, बुधवार
१४ असोज २०८३, बुधवार


स्थानीय तह निर्वाचनः आज दल तथा उम्मेदवारहरूलाई निर्वाचन चिन्ह पाउने

एक्सन खबर


स्थानीय तह निर्वाचनः आज दल तथा उम्मेदवारहरूलाई निर्वाचन चिन्ह पाउने

काठमाडाैं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिहरूलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ ।

हिजाे शुक्रबार निर्वाचन आयोगले उजुरी उपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । नामावलीमा रहेका उम्मेदरवारहरु नै प्रतिस्पर्धामा उत्रिनेछन् । उनीहरूलाई नै आज निर्वाचन चिह्न प्रदान गर्ने आयोगले यसअघि नै जनाएकाे छ ।

उम्मेदवारहरूले निर्वाचन चिह्न पाएसँगै मौन अवधि सुरु हुनअघिसम्म प्रचारप्रचार गर्न पाउनेछन् । मतदान देशभर एकै चरणमा यही वैशाख ३० गते हुनेछ । २०७४ सालकाे स्थानीय तहकाे निर्वाचन तीन चरणमा सम्पन्न भएकाे थियाे ।













0 प्रतिकृया