Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


मुलपानी क्रिकेट मैदानमा केएमसीको १० दिने निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
बैशाख, १४, २०७९


मुलपानी क्रिकेट मैदानमा केएमसीको १० दिने निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानीस्थित क्रिकेट मैदानमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । स्थानीय पब्लिक युथ क्लव र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा १० दिने शिविर आयोजना गरिएको हो ।

क्रिकेट मैदानमा मंगलवारदेखि प्रदेशस्तरीय क्रिकेट खेल सुरु भएको छ । खेलका क्रममा खेलाडीलाई चोटपटक लाग्ने सम्भावना रहेकाले खेलाडीको उपचारका लागि केएमसीका ९ जना डाक्टरहरुको टोली शिविरमा खटाइएको केएमसीका जेनेरल मेनेजर नारायण दाहाल बताउँछन् । उनका अनुसार खेल हेर्न आएका दर्शकहरुलाई पनि स्वास्थ्यमा समस्या देखिए निःशुल्क स्वास्थ्य परीक्षण गरिन्छ ।

उक्त शिविरमा बिरामीको स्वास्थ्य परीक्षण पश्चात समस्या पत्ता लागेपछि औषधिसमेत निःशुल्क वितरण गरिन्छ । खेल वैशाख २३ गतेसम्म सञ्चालन हुँने आयोजकले जनाएको छ । खेल अवधिभर नै केएमसीका डाक्टरहरुले खेलाडी र दर्शकको निःशुल्क उपचार गर्नेछन् ।

मंगलवार केएमसीले काठमाडौंको गैरीगाउँ सुकुम्बासी बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरी ७५३ जनाको निःशुल्क उपचार गरेको थियो । केएमसी अध्यक्षको रुपमा डा.सुनिल शर्माको प्रवेश भएसँगै गतबर्षदेखि केएमसीले विभिन्न जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गरेर हजारौं बिरामीको निःशुल्क उपचार गरिरहेको छ ।














0 प्रतिकृया