Follow us:


Follow us

९ असोज २०८३, शुक्रवार
९ असोज २०८३, शुक्रवार


कार दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

एक्सन खबर
बैशाख, ११, २०७९


कार दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

धनुषा । धनुषाको लक्ष्मिनिया गाउँपालिका–४ सपहीमा शनिबार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कार चालक भारतिय नागरिक नविन कुमार राय रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागी जनकपुर स्थित प्रादेशिक अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका कारमा सवार सोनु कुमार गुप्ता, विशाल कुमार राय र गोलु कुमार महतोको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये गोलुको अवस्था गम्भीर रहेको छ ।

महेन्द्रनगरबाट जनकपुर तर्फ जाँदै गरेको भारतिय नम्बरको कार गएराती सवा ११ बजे अनियन्त्रीत भई माटोको डिस्कोमा ठोकिएको थियो ।













0 प्रतिकृया