Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


दुई दिन उम्मेदवारी दर्ताको समयसीमामा माधब नेपालले देखे षडयन्त्र

एक्सन खबर
बैशाख, १०, २०७९


दुई दिन उम्मेदवारी दर्ताको समयसीमामा माधब नेपालले देखे षडयन्त्र

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुई दिनसम्म उम्मेदवारी नोमिनेसनको समयसीमा राख्नुमा षडयन्त्रको आशंका रहेको जनाएका छन् ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार ११ र १२ वैशाखमा उम्मेदवारी नोमिनेसनको समयसीमा तोकेकोप्रति आंशका व्यक्त गर्दै उनले प्रत्येक जिल्लामा कम्तिमा एक पालिका नेकपा एसले पाउनु पर्ने दाबी गरेका छन् ।

‘प्रत्येक जिल्लामा कम्तिमा एक पालिका हामी (नेकपा एस)ले पाउनुपर्छ,’ नेपालले काठमाडौंमा आयोजित कार्यक्रममा भने, ‘झन एमालेले यसअघि जित हासिल गरेका पालिकामा स्वभाविक दाबी हाम्रो रहन्छ तर त्यस्तो भइरहेको छैन, यो गम्भीर कुरा हो ।’ उनले ११ वैशाखदेखि हुने उम्मेदवारी दर्ताप्रति पनि आशंका गरेका छन् ।

‘भोलि उम्मेदवार नोमिनेसन फाइल गर्ने दिन हो र पर्सी पनि हो,’ नेपालको आशंका छ, ‘दुई दिनमा किन राखेको थाहा छ ? मलाई लाग्छ, त्यहाँ पनि कुनै षडयन्त्र छ, ११ वैशाखमा नोमिनेसन फाइल गर्लान, मान्छेको अनुहार हेरिकन १२ वैशाखमा फेरि विद्रोही उम्मेदवार खडा गरिदिउला भनेर सोचेका होलान ?’ तर, विद्रोही उम्मेदवार खडा गर्ने दाउँ भने आफूहरूले असफल पार्ने नेपालको दावी छ ।

निर्वाचन आयोगको कार्यतालिकाप्रति असन्तुष्ट नेता नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सबै योजना असफल हुने दाबी पनि गरे ।  ‘आफूले मात्र तिगडम जानेको सोचेका होलान, अरुले पनि जान्दछन । तर, ती तिकगडम सबै फेल हुनेछन्’ नेपालले अगाडि भने, ‘सबैतिर फेल भएको मान्छे अझै तिगडम गरिरहेका छन्, यो फेरि असफल हुँदैछ ।’













0 प्रतिकृया