Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


पाँचथरमा नोबेलको दुई दिने स्वास्थ्य शिविरकाे पहिलो दिन नौ सय बिरामी लाभान्वित

एक्सन खबर
बैशाख, ६, २०७९


पाँचथरमा नोबेलको दुई दिने स्वास्थ्य शिविरकाे पहिलो दिन नौ सय बिरामी लाभान्वित

पाँचथर । पाँचथरको फालेलुङ्ग गाउँपालिका–३ स्थित मच्छेबुङ्गमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र फालेलुङ्ग गाउँपालिकाको सहकार्यमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

स्थानीय सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भएको शिविरको पहिलो दिन मंगलवार ९६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नाबेल अस्पतालबाट आएका २९ जना डाक्टरहरुको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेका हुन् ।

शिविरमा १९७ जनाको भिडियो एक्सरे, १८९ जनाको रक्त परीक्षण र १७२ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका ३७ जनाको दाँत फुकालिएको छ । शिविर बुधवार पनि जारी रहने आयोजकले जनाएको छ ।

स्वास्थ्यमा कम पहुँच भएका ग्रामीण क्षेत्रका विपन्न बिरामीहरुलाई लक्षित गरी नोबेलले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसबाट लाखौं बिरामी लाभान्वित भएका छन् ।














0 प्रतिकृया